Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

थारु संस्कृतिसँग रमाउँदै नर्वे शिक्षक विद्यार्थी टिम कपिलवस्तुमा

कपिलवस्तु

थारु समुदायको भेषभुषा, संस्कृतिसँग नर्वेका शिक्षक विद्यार्थी टिम निकै रमाएका छन् । शनिबार शिवराज नपा १, शिवपुरमा आएका उनीहरु स्थानीय थारु समुदायको संस्कृति, रहनसहन, भेषभुषा एवं खानपानसँग उनीहरु रमाएका हुन् ।

किर्डाक नेपालद्वारा संचालित कार्यक्रम अन्तर्गत नर्वेका २ शिक्षक र १५ जना विद्यार्थीहरुको टोली अध्ययन अवलोकनका लागि शिवपुरमा आएका हुन् । शिवपुरमा आएका नर्वे टोलीका किशोरीहरु थारु परिहन लगाएर स्थानीय सहनसहनबारे घरघरमा पुगी अवलोकन गरेका थिए । स्थानीय थारु महिला तथा किशोरी तथा बालिकाहरु समेत आफ्नो जातीय पहिचान झल्काउने खालका पोशाक लगाएर नर्वे टोलीको स्वागतमा खटिएका थिए । गाउँभरिका महिला, पुरुष एवं किशोर, किशोरीहरुले कार्य विभाजन गरी गाउँघर तथा बाटोघाटो सजाएका थिए ।

स्थानीय किशोरीहरुले थारु संस्कृति झल्काउने गीत नृत्य प्रस्तुत गरेसँगै नर्वे टोली समेत सँगसँगै नाचेर रमाएका थिए । नर्वे टोलीलाई स्थानीय थारु महिलाहरुले थारु परिकारहरु बनाएर खानाको स्वाद चखाएका थिए । ढिकरी, खँरिया, घोँघी, सिध्रा, फुलौरी तथा विभिन्न परिकारहरुद्वारा नर्वे टोलीलाई स्वागत गरे । थारु समुदायको खानपानसँगै नर्वे टोली प्रभावित भएका थिए । स्थानीय चेतनशिल किशोरी सम्बादका किशोरीहरुका साथै महिला समूह, किशोर समूहका बालबालिकाहरु समेत उनीहरुको स्वागतमा निकै सक्रिय थिए ।

नर्वेको क्रिस्टियन्सनस्थित क्रिस्टियन्सन पिपल हाई स्कूलकी शिक्षिका टेरेसाले आफूहरु नेपालका थारु समुदायको कल्चरबारे जानकारी हासिल गर्न नेपाल आएको बताइन् । उनले आफूहरु विभिन्न कार्यक्रम गरी संकलन गरेको फण्ड नेपालको ग्रामीण भेगका बालबालिकाहरुको शैक्षिक विकासका लागि पठाउने गरेको बताइन् । उनले नेपालीहरुसँग आफूहरुको साइनो गाँसिएकाले यहाँ आउँदा आफूहरुलाई निकै रमाइलो अनुभव भएको सुनाइन् । यहाँको राम्रा कुरालाई आफ्नो देशमा गएर प्रचार प्रसार गर्ने उनले बताइन् ।

कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले नर्वे टिमलाई आफ्नै गाउँमा स्वागत गर्न पाएकोमा खुशीको अनुभूति सुनाइन् । उपप्रमुख थारुले नर्वे शिक्षिका टेरेसासँग मित्रता समेत गाँसेर मायाको चिनो दिइन् । कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जिसीले समेत नर्वे टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले उनीहरुको स्वागतमा कुनै पनि कमी हुन नदिन स्थानीय किशोरीहरुलाई आग्रह गरे । कार्यक्रममा किर्डाक नेपालका केन्द्रिय प्रतिनिधि, किर्डाक नेपालका हरिप्रसाद लौडारी, श्री बहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP