Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

अन्तरक्रिया कार्यक्रममा सवै गतिविधि पारदर्शी हुनु पर्नेमा अधिकांश वक्ताकोे जोड


विजयनगर
राम प्रघट कोरी
विजयनगर गाउँपालिकाले आज बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विजयनगर गाउँपालिकाको समग्र काम, कारवाही तथा भावी योजना लगायत विषयमा समसामायिक विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकामा भईरहेको विभिन्न गतिविधि, विकास निमार्णका कार्यमा आएको जनताका गुनासोहरुलाई प्रष्ट्याउँदै सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

विजयनगर गाउँपालिकाले आफ्नो कार्यकाल भएको प्रगतिको जानकारी गराउँदै हरेक क्षेत्रलाई समेटेर कार्य गर्नुको साथै आगामी ५ वर्ष भित्र सबै गाउँलाई सडक सञ्जाललाई जोड्दै धुलो मुक्त गाउँपालिका बनाउने दावी गर्नु भयो ।
यस्तै गाउँपालिकाको भरखर्रै कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले यहाँहरुको सहयोग, सहकार्य सुझाव सल्लाह रह्यो भने आगामी दिनमा कार्यन्वयन पक्षलाई चुस्तदुरुस्त पार्दै पारदर्शी, प्रभावकारीको साथै गाउँपालिका नै भ्रष्टाचार मुक्त हुने विश्वास दिलाउनु भयो । प्रशासनमा कुनै पनि कमी कमजोरीललाई प्राथमिकतामा राखी जनातालाई प्रत्यक्षरुपमा सहज हुने किसिमबाट काम गर्र्ने प्रतिबद्धता जनाउनु भयो ।


कार्यक्रममा सहभागी भएका अधिकांश बोल्ने वक्ताले गाउँपालिकाबाट दिने सेवा सुविधा, विकास निमार्ण कार्य जनमैत्री, सहज र सवैको पहँुच हुनुको साथैै पारदर्शी हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राजपाका बाल जी प्रसाद चौधरी, समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राम निवास पुरी, दिनेश चापागाई, समाजसेवी भुलन शाह, रघुनाथ चाई, कृष्ण प्रसाद आचार्य, खिमलाल कडेल, जीतमान सुनार, अचरजनाथ तिवारी सन्तराम तेली, हरि बस्याल लगायतले हरेक गतिविधिको गुनासोसहित सुझाव सल्लाह दिएका थिए ।
त्यस्तै कार्यक्रममा वडा नं.७ का अध्यक्ष दिनेश चौधरी, समाजसेवी जहिरुल हसन खाँ, शितला प्रसाद चाई, राम प्यारे यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP