Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चन्द्रौटा–कृष्णनगर चारलेन सडक निर्माण कार्य तिव्र ।।

दिपक के.सी.
मंसिर ६ कपिलवस्तु
कपिलवस्तु व्यापारी केन्द्र चन्द्रौटा कृष्णनगर रोड चारलेन निर्माण कार्यले तिव्रता पाएको छ । व्यापारिक दृष्टिले निकै महत्व बोकेको सडक निर्माण कार्य धमाधम भइरहेको छ । कृष्णनगर देखि चन्द्रौटा जोड्ने सडक चारलेन निर्माण कार्य शुरु भए पछि यस क्षेत्रका उद्योगी र व्यापारी पनि खुसी भएका छन । भारतिय सिमा संग जोडिएको सडक चारलेन निर्माण संगै दुई देशिय आयत निर्यातमा सहजता हुनेछ । राष्ट्रिय गौरवको यो आयोजना सक्न अझै २८ महिना लाग्ने निर्माण कम्पनी दिनेश चन्द्र कालिका कन्ट्रक्सन जेभीले जनाएको छ । सडक निर्माणको जिम्मा पाएको जेभीले निर्माणको काम गत बर्ष फागुनबाट सुरु गरेको आठ महिनामा ५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ । चन्द्रौटा देखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटरको छ । दुईलेन रहेको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका साइट म्यानेजर खिम कार्कीले जनाए ।
चारलेन सडक निर्माणको काम दिन रात दुई सिफ्टमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । सडक सुधार विकास आयोजनाले प्रत्यक्ष निगरानी गर्ने यो सडकखण्ड निर्माणका लागि भारतीय एक्जिम बैंकले सहयोग गरेको छ । सडक सुधार विकास आयोजना र एक्जिम बैंक बीच सडक निर्माणका लागि सम्झौता अनुसार यो सडक निर्माण हुनलागेको हो । दुई बीचको सम्झौता पछि यो सडकखण्डको ठेक्का कालिका दिनेश चन्द्र जेभिले जिम्मा लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभि भारतीय कन्ट्रक्सन हो । भारतिय एक्जिम बैंकको सहयोग रहेको हुदाँ सडक निर्माणको ५१ प्रतिशत सामाग्री भारतबाट आयात गरिने छ ।
सडक निर्माणको काम सुरु भए सगै अहिले सडकमा ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम सकिएको छ । नाली निर्माणको काम संचालनमा रहेको कम्पनीले जनाएको छ । अब ग्राबेल गरि पिच भत्काउने काम सुरु हुने साइट म्यानेजर कार्कीले बताए । सडक फोर लेनको बन्ने र बीचमा डिभाइडर हुने कम्पनीले जनाएको छ । आयोजनाले चन्द्रौटा–कृष्णनगर २० किलोमिटर फोर लेनको अलवा कृष्णनगर बजारमा पनि आयोजनाले काम गर्ने छ । बजार भित्र ८ किलोमिटर नाली सहितको दुई लेनको सडक बन्नेछ जसले गर्दा कृष्णनगर बजार पनि सुन्दरीकरण हुनेछ । कृष्णनगर बजार भारतीय सिमासंग जोडिएको महत्वपूर्ण बजार हो ।
चन्द्रौटा–कृष्णनगर सडकखण्ड नेपाल भारत बीचको व्यापार आदानप्रदान गर्ने देशकै महत्वपूर्ण सडकखण्ड हो । दिल्लीसंग सिधा जोडिने यो सडकखण्ड हुँदै अरवौं रुपैयाँको व्यापार दुई देश बीच आदान प्रदान हुँदै आएको छ । यस सडक निर्माणले पूर्णता पाए संगै यहाँका उद्योगलाई आयात निर्यातमा सहजता हुने अटल सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाँले बताए । तेस्रो मुलक संगको पारवाहन अनुमति समेत पाएको भन्सार कार्यालय कृष्णनगरमा रहेकोले सडक निर्माण पश्चात तेस्रो मुलुकबाट आयात गर्न उद्योगहरुलाई सहज र कम मुल्य पर्न जाने उनले बताए । सडक निर्माण सुरु भए संगै यस क्षेत्रमा १० वटा उद्योग स्थापना लागी आइसकेको मियाँले बताए । सडक निर्माणले यस क्षेत्रकै विकासमा ठूलो महत्व राख्ने र यहाँको जनजीवन परिर्वतनमा टेवा पुग्ने स्थानिय रामनिवास पुरीले बताए । ७० करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा २२० जनाले रोजगारी पाएका छन । ४ वटा जेसिभी र २५ वटा टिप्पर प्रयोग भएको निर्माण कम्पनी जेभीले जनाएको छ ।सडक निर्माण कार्यमा कुनै अवरोध नआएकोले समयमा नै सडक निर्माण काम सकिने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP