Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पुजारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता ३ बर्ष कैद हुन सक्ने

कपिलवस्तु

दलितको घरमा पुर्जा गर्दैनौ भनेर भागेको पुजारीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।
विहिबार पीडित परिवार र दलित अधिकारकर्मीहरु वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी दर्ता गर्न पुगेका बेला दुईपक्ष छलफल गरेर जाहेरी दर्ता गर्ने अभिव्यक्ति दिएका प्रहरीले शुक्रबार दुई पक्षीय बीचमा लामो छलफल चलाएपछि पीडितहरुको अडानमा जाहेरी दर्ता गरिएको हो । दुवैपक्षको बाक्लो उपस्थितिका बीचमा प्रहरी स्थानीय राजनीतिक दलहरुको समेत उपस्थितिमा घटनालाई मेलमिलाप गराउन निकै कसरत गरिएको थियो । तर दलित समुदायका अधिकारकर्मीहरु र पीडित परिवारले घटना मेलमिलापमा जान नसक्ने बताएपछि प्रहरीले बाध्य भएर घटनाको जाहेरी दर्ता लिएको हो ।

राजनीतिक दलहरुको दबाबका कारण घटनालाई भित्रभित्र मिलाउन लागिपरेका स्थानीय राजनीति दलहरुको दबाबमा प्रहरीले जाहेरी दर्ता गरेको थिएन् ।
गत शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घरमा पुजा नगरी पुजारी भागे पछि पुजारी विरुद्ध स्थानीय दलित अधिकारकर्मी र पीडित प्रहरी कार्यालय मुद्दा दर्ता नगराउन स्थानीय राजनीतिक दलहरु लागिपरेका छन् ।
मिलनले घर पुजा, सत्यनारायण पुजा र रुद्री पुजा गर्नका लागि चार नम्बर जितपुरबाट पण्डित भिम प्रसाद पोखरेललाई बोलाएका थिए । पण्डित पोखरेल घरवेटी दलित भएको खबर पाएपछी भागेका थिए ।

के छ कानुनमा
मुलुकी फौजदारी ९संहिता० ऐन ०७४ को परिच्छेद १० को दफा १६६ उपदफा ९१० मा कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय र शारीरिक अवस्थाप्रति भेदभाव गर्न निषेध गरिएको छ । त्यस्तै, सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवाछूत वा अन्य कुनै किसिमको भेद्भाव गर्न, सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न निषेध गरिएको छ । उक्त दफाको उपदफा २ मा उदफा ९१० बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने र राष्ट्रसेवकले उक्त दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP