Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

कपिलवस्तुमा उपनिर्वाचनको तयारी पुरा, कस्ताे छ सुरक्षा व्यवस्था


माधव बेल्वासे
कपिलवस्तु

शिवराज नगरपालिका वडा नं. १० लालपुरमा हुने उप निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । वडा न १० को लालपुर र शितलापुर गरी दुई आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ जसकाे मतदान केन्द्र भने तिन वटा निर्धारण गरिएको छ ।
वडा न १० मा २ हजार ७२ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ ,लालपुरमा ११६८ मतदाता रहेका छन । शनिवार हुने उपनिर्वाचनमा लागी खटिएका कर्मचारीहरुकाे मतदान केन्द्र व्यावस्थापन गर्न व्यस्तता वढेको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीहरुले निर्वाचनको अघिल्लो दिन आज मतदाता परिचय पत्र लैजान वाकि रहेका मतदातालाई परिचय पत्र वितरण गरिएको थियो ।
उपनिर्वाचनका लागि ३ जना मतदान अधिकृत, ३ जना सहायक मतदान अधिकृत ६ जना साहयक कर्मचारी, ३ जना सहयोगी गरी १५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकलन गरेर जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको संयोजक्त्वमा सुरक्षा व्यवस्था गरिएको छ । मतदातालाई ठुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन कार्यलय अपिल समेत गरेको छ । सुरक्षा लागि नेपाल प्रहरी, शसस्त्र,अनुसनधान र नेपाली सेना खटिएका छन् । प्रमुख जिल्ला अधिकृत श्रेष्ठले ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधीभर चलाउन नपाइने सुरक्षा अधिकारीको भनाई छ । वडा न १० क्षेत्रको चारै तर्फ सुरक्षाकर्मीलाई खटाइएको छ । मतगणना सनिवार वाटै हुन सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन कार्यलय चन्द्रौटा परिसरमा मतगणना गरिने निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभएको छ ।
निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका अदालत मनियार,नेपाली काग्रेसका देवराज भारती,समाजवादी पार्टी नेपालका तिरथ वहादुर रायमाझी,राजपा वाट मन्जु मिश्र लागएत १२ जनाको उम्मेदवारी रहेको । शकुन्तला भारतीको निधन भएका कारण उक्त वडामा अध्यक्ष पदको लागी निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP