Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुको लालपुरमा ८३ प्रतिशत मत खस्यो


माधव बेल्वासे
कपिलवस्तु मंसिर १४

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा भएको उपनिर्वाचनमा ८३ प्रतिशत मत खसेको छ । उक्त वडामा २ हजार ७२ जना मतदाता रहेका थिए जसमा १ हजार ७ सय २२ ले मतदान गरेका छन । वडाका दुईवटा मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको थियो । जसमा शितलापुरमा ९०४ र लालपुरमा ११६८ मतदाताको सख्या रहेको छ ।
निर्वाचन कार्यलय गरेको अपेक्षा अनुसार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । वडाको लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको हो भने तीन वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए ।


दलहरुवीच दलीय सहमती भए आज बेलुकाबाटै मतगणना सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए । जसमा अहिले सुरक्ष व्यवस्था कडा पारिएको छ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो।वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार सहभागी रहेका छन ।
वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन् ।यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP