Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

कपिलवस्तुको लालपुरमा ८३ प्रतिशत मत खस्यो


माधव बेल्वासे
कपिलवस्तु मंसिर १४

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा भएको उपनिर्वाचनमा ८३ प्रतिशत मत खसेको छ । उक्त वडामा २ हजार ७२ जना मतदाता रहेका थिए जसमा १ हजार ७ सय २२ ले मतदान गरेका छन । वडाका दुईवटा मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको थियो । जसमा शितलापुरमा ९०४ र लालपुरमा ११६८ मतदाताको सख्या रहेको छ ।
निर्वाचन कार्यलय गरेको अपेक्षा अनुसार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । वडाको लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको हो भने तीन वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए ।


दलहरुवीच दलीय सहमती भए आज बेलुकाबाटै मतगणना सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए । जसमा अहिले सुरक्ष व्यवस्था कडा पारिएको छ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो।वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार सहभागी रहेका छन ।
वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन् ।यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP