Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतबाट उद्धार गरिएका चार बालबालिकालाई परिवारसँग पुनर्मिलन

कपिलवस्तु

भारतबाट चार बालबालिकालाई नेपाल फर्काइ अभिभावकको जिम्मा लगाइएको छ । शान्ति पुनस्र्थापना गृह (पीआरसी) कृष्णनगर कपिलवस्तुले ती बालबालिकालाई नेपाल फर्काएको हो । बिचौलियाको प्रलोभनमा परी विभिन्न समयमा भारतको विभिन्न शहरमा पुगेका बालबालिकाहरुलाई पीआरसी संयोजक भूमिराज भट्टराई भारत पुगी नेपाल फिर्ता गराएका हुन् ।

भारतको लखनऊ बालगृहबाट १ र गोरखपुर बालगृहबाट ३ बालबालिकालाई पीआरसी संयोजक भट्टराईले जिम्मामा लिई नेपाल फर्काएका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिका १२ का १२ वर्षीय विनय (नाम परिवर्तन) लाई उद्धारपछि अभिभावकको जिम्मा लगाएको पीआरसी संयोजक भट्टराईले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकामा व्यवसाय गर्दै आएका एक पञ्जाबीले बिनयलाई राम्रो काम लगाइदिने प्रलोभनमा पारी पञ्जाब पु¥याएको थियो ।

बालक भागेर रेलवे स्टेशनमा पुगी रेल चढे । तर रेलले बालकलाई लखनऊ पु¥यायो । रेलवे स्टेशनमा अलपत्र परेका बालकलाई रेलवे प्रहरीले उद्धार गरी बालगृहको जिम्मा लगाएको थियो । नेपाली दूतावासको पत्रानुसार भट्टराईले अभिभावक सहित लखनऊ पुगी बालकलाई जिम्मामा लिई अभिभावकलाई बुझाएको बताएका छन् ।

सात महिना अघि पर्सा जिल्ला विन्दबासिनी गाउँपालिका ३, की बिनिता (नाम परिवर्तन) लाई एक विचौलियाले फकाई फुलाई गोरखपुर पु¥यायो । रेलवे स्टेशनमा झरेका उनीहरुलाई देख्दा प्रहरीलाई शंका लागेर सोधपुछ गर्दा विचौलिया भागेपछि प्रहरीले बालिकालाई बालगृहमा लगी छाडेको हो ।

यस्तै पर्साको जगन्नाथ गाउँपालिका १, निवासी वर्ष ११ का अक्रम (नाम परिवर्तन) भारतको एक मदरसामा अध्ययन गर्न दैनिक एक्लै जाने आउने गर्दथे । एक दिन एकजनालाई मुम्बईमा काम लगाई दिने प्रलोभन देखाई स्कूल गएका बालकलाई भारत पु¥यायो । स्टेशनमा झरेको बेला प्रहरीलाई देखेर विचौलिया फरार भएपछि बालकलाई प्रहरीले गोरखपुरस्थित बालगृहको जिम्मा लगाएको थियो ।

यसैगरी कोटहीमाई ७, रुपन्देहीकी १७ वर्षीय सबनम (नाम परिवर्तन) लाई चिनजान भएका छिमेकी गाउँका केटाले फकाई फुलाई एक दिन अन्तै लगेको राख्यो । कोही कसैलाई केही नभन्नु भनेर डरधम्की देखाई आफैले घर छोडिदिन्छु भनेर मोटरलाईकलमा राखेर केटाले सबनमलाई भारत छिरायो । रेलमा चढाएर आफू फरार भएपछि एक स्टेशनमा अलपत्र परेकी सबनमलाई भारतीय प्रहरीले उद्धार गरी गोरखपुर बालगृहमा छाडेको हो ।

यसरी भारतको गोरखपुरस्थित बालगृहको संरक्षणमा रहेका बालबालिकाहरुलाई नेपाली दुताबासको पत्रानुसार पीआरसी संयोजक अभिभावकलाई समेत लिई भारतको गोरखपुर पुगी जिम्मामा लिई नेपाल फर्काएका थिए ।

गोरखपुरबाट उद्धार गरिएका ३ बालबालिकाहरुलाई पीआरसी संयोजक भट्टराईले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाई परिवारको जिम्मा लगाएको थियो । यसअघि पीआरसीले सोही बालगृहबाट ५ बालबालिकालाई उद्धार गरी नेपाल फर्काइ परिवारसँग पुनर्मिलन गराएको पीआरसी संयोजक भट्टराईले बताएका छन् । बालबालिकालाई भारत छिराउने दुई जना विचौलिया विरुद्ध प्रहरीमा उजूरी समेत परेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP