Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विजयनगरमा निःशुल्क आँखा शिविरमा, ९२ जनाको अप्रेशन गरिदै


मंसिर १७ –विजयनगर

विजयनगर गाउँपालिकामा आइतबारदेखी शुरु भएको तिन दिने निःशुल्क अप्रेशन सहितको आँखा जाँच शिविरमा १ हजार ७५ जनाको आँखा परिक्षण गरिएको छ ।
विजयनगर गाउँपालिकाको आयोजना र छन्द कालेबाबु नाराएणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा हरिबोध आधारभुत विद्मालय प्रेमनगरमा शिविर सञ्चालन भएको हो ।

उक्त शिविरमा परामर्श, निशुल्क औषधी वितरण, मोतीविन्दुको निःशुल्क अपरेशन र मोतीविन्दु सम्बन्धी सुगर जाँच, रगत जाँच लगायतका जाँचहरु गरिएको डाक्टर ज्योती सापकोटाले बताउनुभएको छ ।

विजयनगर गाउँपालिकाको आयोजनामा सञ्चालित निशुल्क आँखा शिविर गाउँपालिका अध्यक्ष्य गोपाल बहादुर थापाद्धारा बिरामीलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै उद्घघाटन गरिएको थियो ।

शिविर उद्घघाटनमा बोल्दै अध्यक्ष थापाले हरेक वर्ष यसरीनै स्वास्थ्य शिविर राखिने प्रतिबद्धता जनाउनु भएको छ । १५ गते आइतबारदेखि १७ गते मङ्लबार आजसम्म सञ्चालित निशुल्क आँखा शिविरमा १ हजार ७५ जना सेवाग्राहीहरुले सेवा लिएका छन ।

जस मध्ये सोमबार ८० जनाको आँखा अप्रेशन गरिएको थियो भने आज ९२ जना मोतिविन्दु भएकालाई छन्द कालेबाबु नारायणी आँखा अस्पतालका नेत्र सर्जन ज्योती सापकोटा र पाँच जना सहायक नेत्र सर्जन सहित १५ जनाको टोलीले शिविर स्थानमै आँखा अपरेशन गरिरहेको छ ।
कार्यक्रमको समापन भोली गरिने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP