Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ग्रेडिङमा असन्तुष्टि जनाउँदै क्यानलाई खेलाडीको ध्यानाकर्षणपत्र

 काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सार्वजनिक गरेको पुरुष र महिला क्रिकेटरको ग्रेडिङलाई लिएर उत्पन्न विवाद गहिरिँदै गएको छ । ग्रेडिङमा भएका त्रुटि र विरोधाभाषका कारण राष्ट्रिय टिमकै खेलाडीहरु सन्तुष्ट छैनन् ।

गत मंगलबार चितवनमा बसेको नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकबाट खेलाडीको ग्रेडिङ लिस्ट सार्वजनिक भएको थियो । पुरुषमा १८ जना समावेश हुँदा पहिलोपटक भएको महिला खेलाडीको ग्रेडिङमा १९ जना परेका थिए । त्यसलगत्तै क्रिकेटवृत्तमा विभिन्न टिका–टिप्पणी भए ।

अहिले आएरु पुरुष र महिलाको राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरुले पनि ग्रेडिङप्रति असन्तुष्टि जनाएका छन् । खेलाडीहरुसँग सल्लाह नै नगरी क्यानले ग्रेडिङ सार्वजनिक गरेको उनीहरुको गुनासो छ । दुवै टिमका खेलाडीहरुले ग्रेडिङमा असन्तुष्टि जनाउँदै क्यानलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

राष्ट्रिय टिमका निवर्तमान कप्तान तथा अलराउण्डर पारस खड्काले असन्तुष्टिबारे सम्बन्धित निकायमा जानकारी गराएको र के आधारमा कसरी ग्रेडिङ गरियो भन्ने जवाफ क्यानले दिनुपर्ने बताए ।

‘वास्तविक हकदारले पाउनुपर्ने कुरा पाउनुपर्‍यो भन्ने हो, अब क्यानबाट के प्रतिक्रिया आउँछ हेर्न बाँकी छ,’ खड्काले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुबाट ध्यानाकर्षण पत्र क्यानमा आएको पुष्टि गरे ।

‘खेलाडीहरुले ग्रेडिङबारे ध्यानआकर्षण गराएका छन् । आगामी साधारणसभाभन्दा अघि नै यस विषयमा छलफल हुनेछ,’ उने भने । अहिले नै के हुन्छ भन्न नसकिने चन्दले बताए ।

महिला र पुरुष खेलाडीले क्यानसँगै क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल सिप्यानमा पनि ध्याकर्षण गर्दै पत्र पठाएका छन् । सिप्यानका महासचिवसमेत रहेका पारसले यसबारे छलफल गरिने जानकारी दिए ।

राष्ट्रिय महिला टिमका एक सदस्यले क्यानले गरेको खेलाडी ग्रेडिङबाट आफू आश्चर्यमा परेको बताइन् ।

‘सुरुमा त मैले यो पत्याइनँ, तर त्यही नै अन्तिम लिस्ट रहेछ,’ ति खेलाडीले भनिन्,’ ग्रेडिङ त आयो तर एकदमै आश्चर्यजनक ।’

खेलाडीहरुको ग्रेडिङ गर्दा टिम कप्तानसँग पनि कुनै छलफल नै नभएको पाइएको छ । क्यान र ग्रेडिङ गर्ने समितिबीच पनि असमझदारी देखिएको छ । छनोट समितिले आफूहरुले आफ्नो काम गरिसकेको र बोर्डले अनुमोदन गरिसकेको कुरालाई अब केही गर्न नसक्ने बताउँछ । उता क्यान पदाधिकारी भने छनोट समितिले गरेको काम बोर्डले अनुमोदन मात्रै गरेको बताइरहेका छन् । खेलाडीहरुले अरुले उचालेको भरमा ग्रेडिङबारे ध्यानाकर्षण पत्र पठाएको क्यानका एक पदाधिकारीको आरोप छ ।

पुरुषतर्फ २०१९ भर राष्ट्रिय टिममा खेलेका ललित नारायण राजवंशी नपर्नु आश्चर्यको रुपमा रहेको छ । यस्तै पहिलोपटक गरिएको महिला ग्रेडिङमा धेरै त्रुटि देखिएका छन् । महिलातर्फ राष्ट्रिय टिममा पछिल्लो वर्ष नखेलेका रितु कनोजिया, कविता जोशी, शोभा आले, अनुराधा चौधरी जस्ता खेलाडीलाई ग्रेडिङमा समावेश गरिएको छ । तर राष्ट्रिय टिममै रहेका ममता चौधरी, शान्ति खतिवडा, सरस्वती चौधरी जस्ता खेलाडी भने छुटेका छन् ।

क्यानले वर्ष २०२० को ग्रेडिङ वर्षको सुरुमै गर्नुपर्नेमा ८ महिनापछि सार्वजनिक गरेको हो । यसमा कोभिड १९ लाई दोषी देखाइएको छ । सन् २०२१ मा क्यानले फेरि नयाँ ग्रेडिङ गर्नुपर्छ । अहिले गरिएको ग्रेडिङ आगामी डिसेम्बरसम्मका लागि मात्र हो । वर्ष सकिन लागेको र यस वर्ष क्रिकेट गतिविधि खासै हुन नसक्दा आफ्नो स्वार्थ अनुसारको काम क्यानले गरेको खेलाडीको गुनासो छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP