Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मजा त्यति खेर छ !

सास फेर्नु मात्रै जिन्दगी हुँदैन साथी,

जिउनु को मजा त्यतिखेर छ, जतिबेला कमजोरका लागि हामी हात बढाउछौ !

आवाज निकाल्नु मात्रै बोलेको हुँदैन साथी,

बोल्नुको मजा त्यतिखेर छ, जब तिम्रो एक आवाज हजारौं आवाज विहिनहरुको एउटै स्वर बन्छ !

पाइला चाल्नु मात्रै हिंडेको हुँदैन साथी,

हिंड्नुको मजा त्यतिखेर छ, जब तिम्रो एक पाइलाले हजारौं माइलको यात्रा तय गर्छ !

ए ग्रेडका डिग्रीले मात्रै पढेको हुँदैन साथी,

पढ्नुको मजा त्यतिखेर छ, जब आफुले पढेको विषयले अरु थुप्रैको जीवन सार्थक बन्छ !

काम र तलब लिनु मात्रै जागीर हुँदैन साथी,

जागीर हुनुको मजा त्योबेला छ, जब आफ्नो जागीरे जीवन तिमिले विना भ्रष्टाचार बिताउन सक्छौ !

फेस्बुके पोष्ट्ले मात्रै देशभक्त हुँदैन साथी,

देशभक्तिको मजा त्योबेला छ, जब सिमा का लागि उठेका इट्टाहरुमा तिम्रो हात खाली रहदैन !

आँखा चिम्लनु मात्रै निदाएको हुँदैन साथी,

निदाउनुको मजा त्यो रातमा छ, जब बेलुकी भोक टार्ने सुर्ता बिहान खाने बेलामै सकिन्छ !

त्यसैले साथी , क्रान्तिकारी हरुलाई कहिल्यै न सोध्नु, के यस्तै चल्छ त जिन्दगी ? किनकी, सास फेर्नुलाइ मात्रै जिन्दगी मानिदैन साथी !!

सास फेर्नुलाई मात्रै जिन्दगी मानिदैन साथी !!

लेखक : शारदा भण्डारी अहिले राजनितिमा सक्रिय हुनुहुन्छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP