Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

मजा त्यति खेर छ !

सास फेर्नु मात्रै जिन्दगी हुँदैन साथी,

जिउनु को मजा त्यतिखेर छ, जतिबेला कमजोरका लागि हामी हात बढाउछौ !

आवाज निकाल्नु मात्रै बोलेको हुँदैन साथी,

बोल्नुको मजा त्यतिखेर छ, जब तिम्रो एक आवाज हजारौं आवाज विहिनहरुको एउटै स्वर बन्छ !

पाइला चाल्नु मात्रै हिंडेको हुँदैन साथी,

हिंड्नुको मजा त्यतिखेर छ, जब तिम्रो एक पाइलाले हजारौं माइलको यात्रा तय गर्छ !

ए ग्रेडका डिग्रीले मात्रै पढेको हुँदैन साथी,

पढ्नुको मजा त्यतिखेर छ, जब आफुले पढेको विषयले अरु थुप्रैको जीवन सार्थक बन्छ !

काम र तलब लिनु मात्रै जागीर हुँदैन साथी,

जागीर हुनुको मजा त्योबेला छ, जब आफ्नो जागीरे जीवन तिमिले विना भ्रष्टाचार बिताउन सक्छौ !

फेस्बुके पोष्ट्ले मात्रै देशभक्त हुँदैन साथी,

देशभक्तिको मजा त्योबेला छ, जब सिमा का लागि उठेका इट्टाहरुमा तिम्रो हात खाली रहदैन !

आँखा चिम्लनु मात्रै निदाएको हुँदैन साथी,

निदाउनुको मजा त्यो रातमा छ, जब बेलुकी भोक टार्ने सुर्ता बिहान खाने बेलामै सकिन्छ !

त्यसैले साथी , क्रान्तिकारी हरुलाई कहिल्यै न सोध्नु, के यस्तै चल्छ त जिन्दगी ? किनकी, सास फेर्नुलाइ मात्रै जिन्दगी मानिदैन साथी !!

सास फेर्नुलाई मात्रै जिन्दगी मानिदैन साथी !!

लेखक : शारदा भण्डारी अहिले राजनितिमा सक्रिय हुनुहुन्छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP