Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बहादुरगंज आँखा अस्पताल : नेपाली भन्दा भारतीय बिरामी बढी

माधव बेल्बासे
कपिलवस्तु ८ माघ
कपिलवस्तुको बहादुरगञ्जमा रहेको आँखा अस्पतालमा नेपाली भन्दा बढी भारतीय बिरामीले सेवा लिएका छन् । भारतीय नागरिकको लागि नेपाली आँखा अस्पताल उपचार गर्न भरपर्दो ठाउँ बनेको छ । नेपाली नागरिकहरु अन्य स्वास्थ्य उपचारको लागी भारत लगाएत अन्य देशमा जाने गरेको भएपनि आँखा उपचारको लागी भारतीय नागरिकहरु नेपाली अस्पतालमा आउने गरेको पाइएको छ ।
सीमा क्षेत्र देखि करिब ७ किलोमिटरको दुरीमा रहेको छन्द कालेबाबु नारायणि आँखा अस्पतालमा उपचार गर्न आउने बिरामीहरु मध्ये अधिकांश भारतीय नागरिकहरु रहेको अस्पतालका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो । सेवा प्रवाहमा गुणस्तरीयता रहेकोले भारतीय नागरिकहरु उपचारको लागि नेपाली आखा अस्पतालमा आउने गरेको उहाँले दावि गर्नुभयो ।
छन्द कालेबाबु नारायणी आखा अस्पताल बहादुरगंजवाट सन् २०२० मा ५ हजार २७ जनको मोतियाबिन्दुको शल्याक्रियाको भयो जसमध्ये ४ हजार १५६ जना भारतीय नागरिक रहेको अस्पतालको वाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले बताउनुभयो । एक वर्षको अवधिमा ८७१ जना मात्र नेपाली नागरिकहरुको मोतियाबिन्दुको शल्याक्रिया भएको छ ।त्यस्तै वहिरंग सेवा लिने ३८ हजार ४४७ जना मध्ये २२ हजार ६७१ जना भारतीय नागरिक रहेको संयोजक चन्दले बताउनुभयो । भारतको उत्तर प्रदेशका अधिंकाश जिल्ला तथा बिहार लगाएतका ठाउँ बाट आँखाका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।
भारतको सिदार्थनगर नौगढवाट आँखा उपचार गराउन आउनुभएकी शान्ती देवी कसैधानले भरपर्दो अस्पतला भएका कारण उपचारको लागि नेपाल आउने गरेको बताउनुभयो । आँखामा समस्या भए गाउँका सबै बहादुरगंज आउने भएकोले आफु पनि आएको उहाँले बताउनुभयो । अस्पतालले स्थानिय तहसँग सहकार्य गरि सबै तहका जनप्रतिनिधिहरु सँग छलफल गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले बताउनुभयो । जिल्लामा अन्धोपन हटाउन नागरिकहरु सचेत हुनुपर्ने बताउँदै आँखा संवेदनशिल अंग भएकोले यसमा लापरवार्ही गर्न नहुने थापाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP