Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रगतीशिलको लुम्बिनी प्रदेश उपाध्यक्ष र महासचिवलाई समर्थन

कपिलवस्तु चैत्र २० । राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठन प्रगतीशिल पत्रकार संघ लुम्बिनी प्रदेशले उम्मेद्वारी फिर्ता लिएको छ । विपुल पोख्रेल नेतृत्वको साझा प्यानललाई जिताउन लुम्बिनी प्रदेशमा उपाध्यक्ष र महासचिव पदका आफ्ना उम्मेद्वारी फिर्ता लिइएको प्रगतीशिलले जनाएको छ । प्रगतिशिलका केन्द्रीय सदस्य एवम् अकोराव लुम्बिनीका कोषाध्यक्ष माधवभाट क्षेत्रीले केन्द्रीय एलाइन्स, प्रदेश एलाइन्स र जिल्ला एलाइन्सलाई मध्यनजर गर्दै आफ्नो नेतृत्वमा दिइएको उपाध्यक्ष र महासचिव पदका उम्मेद्वारी फिर्ता लिइएको बताउनुभयो । भाटले लुम्बिनी प्रदेशका सचिव र सदस्य पदका उम्मेद्वारी भने कायम नै रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा संयुक्त प्यानलले आफ्नो संगठनलाई वेवास्ता गरेकाले उम्मेद्वारी दिनु परे पनि अन्ततः केन्द्र, प्रदेश र जिल्लाको समीकरणलाई मध्यनजर गर्दै समीकरणमा तिक्तता पैदा नहोस् र साझा उम्मेद्वारलाई जिताउने उद्देश्यले उम्मेद्वारी फिर्ता लिइएको प्रगतीशिलका केन्द्रीय अध्यक्ष एवम् संयुक्त प्यानलका समावेशी उपाध्यक्ष उम्मेद्वार उदय जि.एम.ले बताउनभुयो । जि.एम.ले प्रगतिशील देशव्यापी रुपमा संयुक्त समीकरण बनाएर जाने बताउनुभयो ।
देश व्यापी रुपमा केन्द्र, प्रदेश र जिल्लामा चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनबाट संघले नयाँ नेतृत्व पाउँदै छ । निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी, प्रगतीशील लगायतका ११ वटा संगठनले संयुक्त प्यानलका लागि विपुल पोख्रेल नेतृत्वलाई सर्मथन गरी सकेका छन् भने ओली नेतृत्वको प्रेस चौतारी लगायतका संगठन छुट्टै प्यानल बनाएर निर्मला शर्माको नेतृत्वमा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP