Trending
राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु राजनीति जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै राजनीति सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् राजनीति परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता राजनीति पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता समाज नेपालको तेस्रो ‘एनडीसी’ : कार्यान्वयनमा सर्वपक्षीय अपनत्व आवश्यक

विजयनगरमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न ।।

राम अवतार चौधरी
कपिलवस्तु, २५ पौष ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.२, पडौलामा राष्ट्रिय जनमोर्चाको वडा भेला बिहिबार सम्पन्न भएको छ । हिरालाल तेलीको अध्यक्षतामा भएको भेलाले सल्लाहकार सहित ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।


जसको अध्यक्षमा हिरालाल तेली, उपाध्यक्षमा नन्द कँहार, सचिवमा राधेश्याम मोर्या, कोषाध्यक्षमा त्रिवेणी खटिक, सदस्यहरुमा गिर बहादुर केसी, सुभावटी कोहार, गीता केसी र सल्लाहकारमा उमा प्रसाद कहाँर र राधेश्याम कोरी लगायतका चयन भएका छन् ।


यसैबीच भेलालाई सम्बोधन गर्दै केर सिंह अदैले मधेसमा गरिबले राजनीति नगरेको कारण धनी वर्गले फाइदा उठाएको बताएका छन् । राजनीति ठूलो तथा धनी जमिन्दारले मात्र गर्छन् भन्ने सोँचाइ हटाउँदै गरी खाने वर्गले आफ्नो वर्गको पहिचान गरी हक अधिकार र परिवर्तनको लागि संगठित हुनुपर्ने बताउनुका साथै जतिवादी सोँच र संघीयताले देश विखण्डन हन्छ भन्ने राष्ट्रिय जनमोर्चाको नीति जनताले बुझ्दै आएको अदैले बताए । त्यसैगरी सम्पूर्ण सदस्यहरुलाई सदस्यता समेत प्रमु अतिथी अदैले वितरण गरेका थिए ।


उक्त कार्यक्रम राजमो हिरालाल तेलीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनिय महासंघ अन्तुका केन्द्रीय सदस्य केयर सिंह अदैंको प्रमुख आतिथ्यता, नन्द कहरको स्वागत र राजमो विजयनगर गाउँपालिकाको सचिव गोविन्द परियारको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP