Trending
flash विजयनगर गाउँपालिकाकाे बजेट र कार्यक्रम सर्वसम्मत पारित  flash कृष्णनगरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ राजनीति सरकारलाई जसपा नेपालको समर्थन कायमै, बुधबारको बैठकले पनि लिएन फिर्ता राजनीति संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो भो : सांसद नेम्वाङ राजनीति सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी शिक्षा पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित समाज व्यवसायीको चिन्ता : बाढीले तहसनहस रसुवागढी नाका कहिले बन्ला समाज रोपाहार पाउन छाडेपछि समाज घाँस काट्ने क्रममा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता अपराध पहिरोले थुनिएको म्याग्दी खोलामा पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

बिरामी बाेक्ने एम्बुलेन्सभित्र ३० किलाे गाँजा

हेटौँडा – पछिल्लाे समय मकवानपुरबाट भारततर्फ लागुऔषध निकासी हुने क्रम बढेको छ ।

त्यसमा पनि भारतीय नम्बर प्लेटका सवारीसाधनमा बढी ओसारपसार हुने गरेको छ । तर तराईका जिल्लाका एम्बुलेन्समा समेत गाँजा ओसारपसार गरिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो जानकारी बाहिर आएको हो । प्रहरीले एम्बुलेन्समा गाँजा लैजाँदै गरेका तीन जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका ९ का ३९ वर्षीय महमद खलिद, डुमरिया ४ का १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारी वसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेका छन् ।

सूचनाको आधारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीन वटा झोलामा ६ वटा पोका बनाएर लुकाइ राखेको ३० किलो ६ सय ग्राम गाँजा बरामद भएको हाे ।

उनीहरुकाे साथबाट ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ पनि बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिनुभयाे ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अघि बढाइने भएको छ । ऐनअनुसार दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँ जरिबाना तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP