Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बिरामी बाेक्ने एम्बुलेन्सभित्र ३० किलाे गाँजा

हेटौँडा – पछिल्लाे समय मकवानपुरबाट भारततर्फ लागुऔषध निकासी हुने क्रम बढेको छ ।

त्यसमा पनि भारतीय नम्बर प्लेटका सवारीसाधनमा बढी ओसारपसार हुने गरेको छ । तर तराईका जिल्लाका एम्बुलेन्समा समेत गाँजा ओसारपसार गरिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो जानकारी बाहिर आएको हो । प्रहरीले एम्बुलेन्समा गाँजा लैजाँदै गरेका तीन जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका ९ का ३९ वर्षीय महमद खलिद, डुमरिया ४ का १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारी वसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेका छन् ।

सूचनाको आधारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीन वटा झोलामा ६ वटा पोका बनाएर लुकाइ राखेको ३० किलो ६ सय ग्राम गाँजा बरामद भएको हाे ।

उनीहरुकाे साथबाट ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ पनि बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिनुभयाे ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अघि बढाइने भएको छ । ऐनअनुसार दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँ जरिबाना तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP