Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

विजयनगरको शिव मा.वि.का सदस्यबाट सामुहिक राजिनामा ।।

दिपक के.सी.
कपिलवस्तु , माघ २६

कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शिव माध्यमिक विद्यालयको व्यवस्थापन समितिका ४ जना सदस्यले सामुहिक राजिना दिएका छन ।
विद्यालयमा भर्खरै नयाँ गठन भएको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुले आइतबार सामुहिक रुपमा राजिनामा पत्र बुझाएका छन । विद्यालयका व्यवस्थापन समितिमा पहिले पनि पदाधिकारी रहि विद्यालयको काम कारर्बाहि चुस्त दुरुस्त बनाउन नसकेका पदाधिकारी नै पुन चयन भएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य टेकनारायण वि.क., लेमाया दर्लामी, र शिक्षक अभिभावक संघका सदस्यहरु माधव अर्याल र मिरा अर्यालले संयुक्त रुपमा विद्यालयमा राजिनामा बुझाएका छन । उनीहरुले राजिनामा पत्रमा विगतमा विद्यालय समितिको पदाधिकारी रहि समयमा नै करार शिक्षक नियुक्त गर्न नसकेको, सन्तोषजनक काम नगरेको ,नियमित बैठक समेत नबसेको विद्यालय भवनमा घाटा देखाइ घाटा रकम विद्यालयमा गाभेको कम्प्युटर खरिद रकम हिना मिना गरेको भन्ने आरोप लगाउदै उनीहरुले राजिनामा दिएका छन ।
यहि माघ २४ गते शुक्रबार गठन भएको व्यवस्थापन समितिका सदस्यहरुले संयुक्त रुपमा विद्यालय राजिनामा बुझाएको विद्यालयका प्रअ बालाजी प्रसाद यादवले बताए । अध्यक्षलाई बुझाउनु पर्ने राजिनामा पत्र विद्यालयमा बुझाएको भए पनि आफुले अध्यक्षलाई जानकारी गराएको प्र.अ. यादवले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार उपाध्यायले भने राजिनामा दिनेहरुले नै व्यवस्थापन समितिको निर्वाचनमा आफुलाई अध्यक्ष बनाएको र बधाइ दिदै संगै विद्यालयको उन्नती र विकासका लागी काम गर्ने जनाउदै बधाइ समेत दिएको तर आज एक्कासी चरीत्र हत्या गर्ने किसिमले आरोप लगाई राजिनामा दिनु गलत भएको बताए । आफुले विगतमा पदमा रहदाँ पनि विद्यालयको सम्पूर्ण प्रशासन चुस्त दुरुस्त राखेको जनाउदै झुट्टा आरोप लगाएर राजिनामा दिएको उनले जनाए । राजिनामा पत्र आफु समक्ष नपुगेकाले अगाडी के गर्ने भन्ने कुनै निर्णय नभएको समेत अध्यक्ष उपाध्यायले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP