Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाल कै दाेस्राे पुरानो शिवराज अस्पताल जनशक्ति र बजेट अभावमा

मनिष गुप्ता

कपिलवस्तु
जिल्लाकाे कृष्णनगर नगरपालिकामा ९ बहादुरगंजमा रहेकाे नेपालकै दाेस्राे पुनाराे शिवराज अस्पताल अहिले बजेट अभाव र जनशक्ति अभावका कारण सेवा प्रभाव प्रभावित बनेको छ ।

वि.सं. १९९८ मा स्थापना भएको देश कै दोस्रो पुरानो अस्पताल अहिले बजेट अभावमा अलपत्र परेको छ ।
स्थानिय तहको निर्वाचन संगै स्थानिय तहमा गाभिएको शिवराज अस्पतालमा बजेट अभावले सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भयो । हरेक बर्ष नगरपालिकाले अस्पताल संचालनका लागि बजेट विनियोजित गर्दै आएको भए पनि अस्पतालका लागि आवश्यक उपकारण खरिदका लागि रकम नपुगेको शाहले बताउनु भयो । अस्पातलको स्तरउन्नती र प्राविधीक तर्फका लागि संघ र प्रदेश कहि कतैबाट सहयोग प्राप्त नभएको बताउदै शाहले नगरपालिकाको बजेटले अस्पताल संचालन गर्न नसकिने बताउनु भयो ।
१५ शैयाको शिवराज अस्पतालमा स्थायि दरबन्दि २८ भए पनि अहिले १ जना एमविविस डाक्टर सहित ८ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिले ३ जना एमविविस डाक्टरको दरबन्दिमा १ जना, ल्याबमा २ जना , एक्सरेमा १ जना र एक जना स्टाफ नर्स मात्रै कार्यरत रहेका छन । नगरपालिकाले ३१ जना करारमा कर्मचारी नियुक्ती गरि अस्पताल संचालन गर्दै आइरहेको छ । अस्पतालको प्रशासन शाखामा समेत कर्मचारी नहुदाँ सेवा प्रभाव प्रभावित भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गर्दा अस्पतालमा भएका १ जना एमविविस डाक्टरले मात्रैले कोरोनाका विरामी र अनय विरामी चेकजाँच गर्न नसक्ने भएकाले दरबन्दि अनुसारको डाक्टर व्यवस्थापन गर्नु पर्ने अस्पतालका प्रमुख डाक्टर मुकेश कुमार चौधरीले बताउनु भयो ।
अस्पतालमा अहिले ५ वटा ठूला अक्सिजन सिलिण्डर, ३ वटा साना , अक्सिजन कन्सिटेटर ९ वटा रहेका छन । अस्पतालमा रहेको एक्सरे मेशिन पनि पुरानो छ , अल्ट्रासाउण्ड केहि दिन यता विग्रेको छ । नगरको बजेटले आवश्यक सामाग्री किन्न पुग्दैन । कोरोना तेस्रो लहर बढ्दै गएको अवस्थामा अस्पतालले थेग्न नसक्ने डा.चौधरीले बताउनु भयो ।
कृष्णनगर नगरपालिका संगै अस्पतालमा शिवराज नगरपालिका, विजयनगर गाउँपालिका महाराजगंज नगरपालिका र छिमिकी देश भारतका नागरिकहरुले पनि सेवा लिदै आएका छन ।नगरपालिकाले हरेक बर्ष १ करोड बढि बजेट अस्पतालका लागि विनियोजित गर्दै आएको भए पनि त्यो रकम अपुग भएको व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाहले बताउनु भयो ।
कृष्णनगर नाका हुदै नेपाल प्रवेश गर्नेहरुका लागि कृष्णनगरमा होल्डिङ सेन्टर सन्चालमा आएको र अब त्यहाँ भेटिने संक्रमितलाई समेत शिवराज अस्पतालबाटै उपचार गर्नु पर्ने भएकोले जनशक्तिको अभाव हुने र नगरपालिकाले थेग्न नसक्ने शाहले बताउनु भयो ।
जिल्लाकै सबै भन्दा पुरानो र देश कै दोस्रो पुरानो अस्पताल अहिले कर्मचारी बजेट अभावमा जिर्ण बन्दै गएको छ । सोहि अस्पतालबाट सेवा लिदै आएका नजिकै जोडिएका स्थानिय तहले वास्ता नगर्दा पनि अस्पतालमा सुधार हुन सकेको छैन । प्रदेश र संघले समेत अस्पालतको विकासमा ध्यान नदिदाँँ अस्पतालबाट सेवा लिने नागरिक प्रभावित बन्दै आएका छन । अस्पतालको स्तरउन्नती गर्न संघमा सांसद अभिषेक प्रताप शाह र प्रदेशमा साँसद विरेन्द्र कानोडिया र अर्जुन कुमार के.सि.ले पहल गरे अस्पतालको अवस्थामा केहि सुधार हुने थियो कि ?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP