Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पत्रकारहरु सबल,सुदृढ र जिम्मेवार बनाउनुपर्नेमा जोड


माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा
कोभिड(१९ ले पत्रकारलाई असर परेको भन्दै सबल,सुदृढ र जिम्मेवार बनाउनुपर्नेमा जोड दिइएको छ । चादनी नेपाल र पत्रकार महासंघ कपिलवस्तुको आयोाजनामा कोभिडका कारण संचारमाध्यम र संचारकर्मीलाई परेको असरको बारेमा छलफल कार्यक्रममा कोरोनाका कारण कतिपय संचारमाध्यम नै बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । जिल्लाका संचारमाध्यम र पत्रकारहरुको अवस्थाको वारेमा पूर्व अध्यक्ष मनोज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा कोरोना कारण संचारक्षेत्र पनि थलिएको बताइएको छ । जिल्लामा १० वटा रेडियो,एउटा टेलिभिजन,एउटा दैनिक पत्रिका,६ वटा साप्ताहिक र ९ वटा अनलाइन संचालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । बिज्ञापन वाट हुने आम्दानी स्रोत बन्द भएको भन्दै पत्रकारहरुलाई संचालकहरुले पारिश्रमिक नदिने,बेतलवी विदा बस्न भन्ने लगाएतका समस्याहरु निम्तिएको पौडेलले बताउनुभयो । कपिलवस्तुमा पत्रकारीता इतिहासको वारेमा प्रष्ट पार्दै विपत्ती र चुनौतीको बेला पत्रकार र पत्रकारीता जगतलाई सबल,सुदृढ र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले कोरोनाका कारण विज्ञापनको बजार खुम्चिएको हुदाँ संचारकर्मीलाई समस्या परिरहेको बताउनुभयो । कतिपय संचार माध्यमकहरुले संस्था संचालनमा समस्या भएको भन्दै तलव नदिने,जागिर बाट निकाल्ने लगाएका काम गरेकोले त्यसमा पत्रकार महासंघले आपत्ति जनाउने बताउनुभयो । पाण्डेले पत्रकारीता क्षेत्रलाई मजवुद बनाउनुपर्ने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले पत्रकारहरु अनुशासित हुनुपर्नेमा जोड दिनुभयो । कोरोना कारणले संचारमाध्यमलाई असर परेपनि कतिपयलाई भने अवसर प्राप्त भएको बताउनुभयो । पछिल्लो समय संचारमाध्यम संचालनको लागि स्रोतहरु बढि भएपनि व्यवस्थित संचारमाध्यम नहुदाँ समस्या भइरहेको बताउनुभयो । गिरीले कोरोनाका कारण थलिएका संचारमाध्यममा भविष्य नदेखेपछि कतिपय पत्रकाहरु पलाएन हुने अवस्था समेत सिर्जना भएको जनाउनुभयो ।
सामुदायिक रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खरालले कोरोनाका कारण सामुदायिक रेडियोको अवस्था जटिल बनेको बताउनुभयो । बजारमा विज्ञापन अभाव हुदाँ रेडियो पत्रकारहरुलाई टिकाउन संकट उत्पन्न भएको जिकिर गर्नुभयो । प्रदेश,स्थानिय तहहरु सँग सहकार्य गरी संचारमाध्यमलाइ सबल बनाउन सकेमा पत्रकारहरुका समस्या हट्ने बताउनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष डिलाराम भुसाल,मानवअधिकारकर्मी रवि ठाकुर लगाएतले कोरोना कारण संचार क्षेत्र समस्याको बारेमा बोलेका थिए । महासंघका जिल्ला अध्यक्ष किरणमान ब्रजाचायको अध्यक्षतामा जिल्लाको गोरुसिगेमा भएको कार्यक्रममा विभिन्न संचारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरुको सहभागित रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP