Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज र बुद्धभुमिमा साप्ताहिक आँखा जाँच सेवा सुरु

पहिले शनिवार १२६ जनाको आँखा जाँच
माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु

कपिलवस्तुुको दुई स्थानिय तहमा साप्ताहिक रुपमा निशुल्क आँखा जाँच सेवा सुरु गरिएको छ । जिल्लाको शिवराज नगरपालिका अन्तर्गत आधारभुत सामुदायिक अस्पताल चन्द्रौटा र बुद्धभुमी नगरपालिकामा उक्त सेवा सुरु गरिएको छ ।
नेपाल नेत्र ज्योती संघ छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुगञ्जको प्राबिधिक सहयोगमा दुई वटा स्थानिय तहमा आज वाट साप्ताहिक आँखा उपचार सेवा सुरु गरिएको प्रशासकिय अधिकृत जसराज विकले बताउनुभयो ।स्थानिय नागरिकहरुलाई आँखाको उपचार गर्न नजिक र सहज होस भन्ने उद्देश्यले सेवा संचालन गरेको बताउनुभयो । सुरुवात चरणमा साप्ताहिक र सेवाग्राहीको सख्या बढेमा दैनिक रुपमा सेवा प्रवाह गरिने विकले बताउनुभयो ।
सेवा सुभारम्भ गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शरिरको संवेदनशिल अंङ्ग आँखा रहेकोेले यसको उपचार भरपर्दाे ठाउँमा छिटो छरितो गर्नुपर्ने बताउनुभयो । नारायणी आँखा अस्पताल बहादुगञ्ज सँग सहकार्य गरी पटक पटक आँखा शिविर संचालन गरिएको बताउँदै अब दैनिक सनिवार उपचार हुने बताउनुभयो ।
कपिलवस्तुका सबै स्थानिय तहहरु सँग सहकार्य गरी आँखाको उपचारको सेवा विस्तार गरिने अस्पतालका प्रमुख प्रशासक शम्सेर थापाले बताउनुभयो । यता बुद्धभुमि नगरपालिकामा जाँचको सेवा सुरुवात गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले आँखाका समस्या भएको बिरामीहरुले लाभ लिन आग्रह गर्नुभयो । सेवाको पहिलो दिन शिवराज नगरपालिकामा ३९ जना र बुद्धभुमि नगरपालिकामा ८७ जनाले सेवा लिएका छन् ।
कार्यक्रममा अस्पतालको चिफ मेडिकल डाइरेक्टर सुभलक्ष्मी कटुवाल,नेपाल नेत्रज्योती संघ दाङका उपसभापति रेशम वहादुर खड्का,संजिवनी अस्पतालको अध्यक्ष टोपलाल पोख्रेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP