Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रदेशकै पहिलो सुरक्षित खानेपानी टोल घोषणा

माधव बेल्वासे
चन्द्रौटा,१६ फागुन
कपिलवस्तुको शिवराज नगरपालिका २ वालापुर चन्दपुर टोललाई प्रदेशकै पहिलो सुरक्षीत खानेपानी टोल घोषणा गरीएको छ । शुक्रवार शिवराज नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा गरेको हो । २४ घरधुरी रहेका उक्त टोलका सवै घरमा शुद्ध खानेपानी पुर्याएपछि घोषणा गर्न सफल भएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर)को प्राविधिक सहयोगमा सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको उहाँको भनाई छ । सुरक्षित खानेपानी युक्त घोषणा गर्नका लागि खुला दिशामुक्त क्षेत्र घोषणा, एक घर एक धारा, प्रत्येक घरमा नल्का तथा खानेपानीको सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मत सम्भार कर्ता, खानेपानी सुरक्षा योजना लगायतका विभिन्न सूचकहरु पूरा गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

खानेपानीमा कोलिफर्म र आर्से्निक नभएको, समुदायलाई खानेपानी गुणस्तर तालिम, नमुना संकलन,सुरक्षा योजना,खानेपानी गुणस्तर अनुगमनपछि सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको उहाँले जनाउनुभयो । “खानेपानी स्वास्थ्यको लागि महत्वपुर्ण छ,सवैले खानेपानीमा विशेष ध्यान दिनुपर्छ,”उहाँले भन्नुभयो “हामी सवै टोल हुँदै नगरपालिका नै सुरक्षित खानेपानी युक्त नगर घोषणा गर्नेछौ, ।”

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले टोलमा रहेका सवै नल्काहरुलाई परिक्षण गरि ति नल्का वाट आएको पानी पुर्ण रुपमा शुद्ध पाइएपछी घोषणा गरिएको बताउनुभयो । पटक पटक अनुगमन गरि यस टोलमा प्रयोग गरिने खानेपानी नेपाल राष्ट्रिय खानेपानीको मापदण्ड अनुरुप भएको बताउनुभयो । उक्त टोलवाट २४ घरधुरीका १ सय ९६ जना लाभान्वित हुनेछन् ।

एक घर एक नल्का हाम्रो पहिचान,सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हाम्रो अभियान भन्ने नारा सहित नगरपालिकाले १५ वटा टोल गठन गरी अभियान संचालन गरेको नगरपालिकाका वास अफिसर राजेश चौधरीले बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,युनिसेफ शिक्षा अधिकृत मन्जु वाग्ले उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) काजिराम रोका लगाएतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP