Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अभ्यास खेलमा इंग्ल्यान्डमाथि भारतको प्रभावशाली जित

एजेन्सी

टी-२० विश्वकप अघिको वार्मअप (अभ्यास) खेलमा भारतले इंग्ल्यान्डलाई पराजित गरेको छ। ओपनर केएल राहुल र ईशान किशनको उत्कृष्ट ब्याटिङमा भारतले टी-२० विश्वकपअघि आफूलाई बलियो दाबेदार रहेको सन्देश दिएको छ।

जितको लागि १८९ रनको बलियो लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। भारतका युवा ओपनर ईशान किशनले ४६ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदा रिटायर्ट हर्ट भए। त्यस्तै‚ केएल राहुलले ५१ रन बनाए।

ओपनर राहुल र किशनले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। कप्तान विराट कोहली ११ रन बनाएर आउट हुँदा हार्दिक पान्ड्या १२ रनमा अविजित रहे। विकेट किपर ऋषभ पन्त २९ रनमा अविजित रहे। इंग्ल्यान्डका मार्क वुड, डेविड विल्ली र लियाम लिभिङस्टोनले १-१ विकेट लिए।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनायो। इंग्ल्यान्डका लागि जोनी ब्यरिस्टोले सर्वाधिक ४९ रनको योगदान दिए। मोईन अली ४३ रनमा अविजित रहे। डेविड मलान १८ रनमा बोल्ड भए।

भारतका मोहम्मद शामीले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। जस्प्रित बुमराह र राहुल चाहरको नाममा समान १-१ विकेट लिए। दुबै टोलीले टी-२० विश्वकप अघि तयारीको लागि वार्मअप खेल खेलेका हुन्।

भारतले दोस्रो वार्मअप खेलमा बुधबार अष्ट्रेलियासँग खेल्ने छ। बुधबारनै इंग्ल्यान्डले वार्मअप खेलमा न्युजिल्यान्डको सामना गर्ने छ। भारत सुपर १२ को समूह बी र इंग्ल्यान्ड समूह ए मा छन्। भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग खेल्नेछ। इंग्ल्यान्डले शनिवार वेस्टइन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP