Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी–ट्वान्टी विश्व कप : श्रीलङ्कासँग आयरल्यान्ड ७० रनले पराजित

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा श्रीलङ्काले  आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलङ्काले लगातार दोस्रो जित निकालेको हो । श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

आयरल्यान्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए । यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलङ्काका महेश थिकसानाले ३ विकेट लिए ।

लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेकाे श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । श्रीलङ्काका वानिन्दु हसरङ्गा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । यसअघि हिजो भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP