Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराजमा नगर खेल महोत्सव सम्पन्न (फोटो फिचर)

दिपक के.सी.
कपिलवस्तु फागुन १८     
कपिलवस्तुको शिवराजनगरपालिकामा यहि फागुन ११ गते बाट सुरु भएको नगर खेल महोत्सव आइतबार सम्पन्न भएको छ । ९ दिन सम्म जारी खेल महोत्सवमा विभिन्न ५० खेलमा प्रतिस्पर्धा भएको थियो । आइतबार भव्य समारोहका विच महोत्सवको समापन गरिएको हो ।
समापन समारोहमा बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले खेलकुदले मानवलाई स्वस्थ बनाउनुका साथै विभिन्न कुलतमा लाग्नबाट समेत युवाहरुलाई बचाउने बताए । खेल जगतमा पछिल्लो क्रममा नगरका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत पदक जितेर नगरको गरिमा बढाएको बताए । खेलकुदले शारिरिक मानसिक र सामाजिक रुपमा सर्वाङ्गीण विकासमा समेत टेवा पुग्ने मेयर अधिकारीले जनाए । नगरले विभिन्न खेलकुदका शिर्षकमा छुट्याइएको बजेटबाट नगरमा रहेका खेलाडीहरुलाई प्रोत्साहन गरेको समेत उनले बताए ।


खेल महोत्सवको समापनमा जनप्रतिनिधी र कर्मचारी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत सम्पन्न भएको छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधी विच भएको मैत्री पूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधीलाई ० का विरुद्ध ७ गोल गर्दै कर्मचारीको टिम विजयी भएको छ । उमेरले पाका जनप्रतिनिधी भर्खरका लक्का जवान कर्मचारीका अगाडी धेरै बेर टिक्न सकेनन । खेलको पहिलो हाफमा नै ४ गोल खाएका जनप्रतिनिधीले खेलाडी घुसपैठ गरे पनि आफ्नो खातामा गोल जोड्न सकेनन । ६५ बर्षे नगर प्रमुख अधिकारी खेल सुरु भएको पहिलो हाफमा कर्मचारीका विरुद्ध सारै खनिए पनि दोस्रो हाफमा भने थकित मुद्रामा मैदानबाट बाहिरीएका थिए । मेयर खेलबाट बाहिरीए संगै प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल पनि खेलबाट बाहिरीएका थिए । पहिलो हाफमा जोस्सिएका पौडेल पहिलो हाफ सकिदाँ नसकिदै जनप्रतिनिधीलाई ४ गोल बोकाउदै खेलबाट बाहिरिएका थिए ।


नगर खेल महोत्सवमा विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड, मेयर कप र उप मेयर कप शिर्षकमा विभिन्न खेलहरु खेलाइएको नगर खेलकुद विकास समितिका अध्यक्ष नेत्र वेल्वासेले बताए । राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरले जितेको छ । रनिङ्ग शिल्ड थर्फ दोस्रो समयथान माध्यमिक विद्यालय खरेन्द्रपुर, तेस्रो प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाडाँ भएको खेल संयोजक बेल्वासेले जानकारी दिए ।
नगरका ११ विद्यालयको सहभागिता रहेको रनिङ्ग शिल्डमा प्रथम हुने विद्यालय नेपाल आदर्श मा.वि.लाई नगद ११ हजार शिल्ड मेडल र प्रमाण पत्र , दोस्रो समयथान माविलाई नगद ७ हजार मेडल र प्रमाण पत्र, तेस्रो स्थान प्राप्त गर्ने प्रकाश मावि लाई मेडल र प्रमाण पत्र प्रदान छ । यस्तै मेयर कप तर्फ फुटबल खेलमा गोल्डेन स्टार युवा क्लब बानियाँभार प्रथम भएको छ भने शिवशक्ति युवा क्लब उप विजेता भएको छ । मेयर कप तर्फ नै क्रिकेट र भलिबल प्रतियोगितामा क्रमश राजिङ्ग स्टार युवा क्लब चन्द्रौटा , भलिवलको उपविजेतामा न्यू शिवपुर युवा क्लब भएको छ । उप मेयर कप तर्फको फुटबल प्रतियोगितामा जयबुद्ध युवा क्लब विजेता र गोल्डेन स्टार युवा क्लब उप विजेता भएको छ । महिला फुटबल प्रतियोगितामा जयबुद्ध युवा क्लब नै विजयी भएको छ । मेयर र उपमेयर कपमा फुटबल तर्र्फ प्रथम हुने टिमलाई नगद २५ हजार ,क्रिकेट तर्फ १५ नगद शिल्ड प्रमाण पत्र प्रदान गरिएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।
कुल ९ लाख बजेट रहेको नगर खेल महोत्सवमा ८ सय जना खेलाडी सहभागि भएका थिए । ५० खेलमा प्रतिस्पर्धा भएको नगर खेल महोत्सव भव्य सभ्य र निकै सौहाद्रपूर्ण बाताबरणमा सम्पन्न भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नेत्र बेल्वासेले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP