Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित

काठमाडौं : आईसिसी टी–२० विश्वकपअन्तर्गत आइतवार भएको खेलमा श्रीलंकाले बंगलादेशविरुद्ध ५ विकेटको जित निकालेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७१ रन बनाएको थियो। नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।

सो जितका लागि श्रीलंका असलंकाले ४९ बलमा ८० रन बनाए। सानदार पारी खेलेका उनले पाँच चौका र पाँच छक्का प्रहार गरे। श्रीलंकाको जितका लागि भानुकाले पनि ३१ बलमा ५३ रन जोडे भने पठुम निसांकले २४ रनको योगदान दिए।

भानुकाले तीन चौकार र तीन छक्का प्रहार गरेका थिए। बलिङतर्फ बंगलादेशका शकिब अल हसन र नसुम अहमदले समान दुई/दुई विकेट लिए भने मोहम्मद सौफुद्दिन १ विकेट लिए।

त्यसअघि पहिलो पारीमा बंगलादेशका लागि मोहम्मद नैम र मुश्फिकुर रहमानले अर्धशतकीय पारी खेले। नैमले ५२ बलमा ६२ रन बनाए भने रहिमले ३७ बलमा ५७ रन बनाए।

त्यस्तै लिन्टन दासले १६ रन जोडे। बलिङतर्फ चम्मिका गुणरत्‍ने, बिनुरा फर्नान्डो र लाहिरु कुमाराले समान १–१ विकेट लिए। यो जितसँगै समूह १ को पहिलो चरणको खेल सकिएको छ।

शनिबार पहिलो दुई खेलमा इंग्ल्यान्ड र अष्ट्रेलियाले जित निकालेका छन्। अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो भने इंङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो। आजकै अर्को खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP