Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित

काठमाडौं : अफगानिस्तानले यूएईमा जारी आईसीसी टी–२० विश्वकपमा शानदार सुरुवात गरेको छ। सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको हो। शारजाहमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०।२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो।

उसका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रीभ्सले १२ र कप्तान काइल कोएट्जरले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

अफगानिस्तानका लागि मुजीब उर रहमान र राशिद खानले घातक बलिङ गरे। रहमानले ४ ओभरमा मात्र २० रन खर्चिएर ५ विकेट लिए।

यससँगै उनी टी–२० विश्वकपमा अफगानिस्तानका लागि एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्। यो उनको टी–२० विश्वकप डेब्यू म्याचसमेत हो। यस्तै,राशिदले २.२ ओभरमा ९ रन दिएर ४ विकेट लिँदा नवीन उल हकको नाममा एक विकेट रह्यो।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएरन १ सय ९० रन बनाएको थियो।

उसका लागि नजिबुल्लाह जद्रान र रहमानउल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। जद्रानले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदा गुर्बाजले ३७ बलमा ४ छक्का र १ चौकासहित ४६ रनको योगदान दिए।

यस्तै, मोहम्मद शहजादले २२, हजरतुल्लाह जाजाईले ४४ र कप्तान मोहम्मद नाबीले नटआउट ११ रन जोडे। बलिङमा सफायान सरिफले २ तथा जोश डेभी र मार्क वाटले १–१ विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP