Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेष्ट इन्डिज तथा पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै

एजेन्सी: टी–२० विश्वकपमा मंगलबार सुपर–१२ को भिडन्त अन्तर्गत समुह–१ मा पहिलो खेलमा पराजित दुई टीम दक्षिण अफ्रिका र वेस्टइन्डिज प्रतिस्पर्धा गर्दै छन्।  सेमिफाइनल आस कायम राख्न पनि दुबै टीमलाई जित अत्यावश्यक रहेको छ। 

दुबईमा हुने यो भिडन्त दिउँसो ३ः४५ हुने छ। दुबै टीम आ–आफ्नो पहिलो खेलमा पराजित भएकाले दुबै गर या मरका रुपमा मैदानमा उत्रने  छन्।

दक्षिण अफ्रिका शनिबार अस्ट्रेलियाविरुद्ध ११८ रन मात्रै बनाउन सकेको थियो। जसका कारण उसको लगातार सात जितको यात्रा अन्त्य भएको थियो। यसअघि पछिल्लो पटक गत जुलाईमा वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिका पराजित भएको थियो। वेस्टइन्डिज सुपर १२ को पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध केवल ५५ रन मात्रै जोड्न सकेको थियो। 

यद्यपि यो फर्म्याटमा साविक च्याम्पियन वेस्टइन्डिजमा एक से एक पावर हिटर रहेका छन्। त्यसैले दोस्रो खेलबाट पुनरागमनको प्रयासमा वेस्टइन्डिज रहने छ।

कस्तो छ मैदानको अवस्था ?

दुबईमा मा वेस्टइन्डिजको टीमले ५५ रनमात्रै जोडेको थियो। यद्यपि यहि मैदानमा भारत र पाकिस्तानबीच ३०० भन्दा बढी रन बन्यो। कम्तिमा पनि १६० प्लसको स्कोर जितका लागि यो मैदानमा आवश्यक हुने छ। मैदान ओस हुने भएकाले पछि ब्याटिङ गर्ने टीमलाई फाइदा मिल्ने छ।

वेस्टइन्डिज र दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा तीन पटक प्रतिस्पर्धा गरेका छन्। जसमा वेस्टइन्डिज केवल एक खेलमा जित हासिल गर्न सफल भएको छ।

आजै हुने अर्को खेलमा पाकिस्तान र न्यूजिल्याण्ड आमनेसामने हुने छन्। दुवै टोलीबीचकाे खेल साँझ सवा ८ बजे सुरु हुने छ। पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै उच्च मनोबलका साथ मैदानमा उत्रने छ। न्यूजिल्याण्ड  विश्वकपमा पहिलो खेल खेल्दै छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP