Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लगातार तेस्रो जित निकाल्दै पाकिस्तान सेमिफाइनल नजिक

एजेन्सी । युएईमा जारी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ। अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले अंक तालिकामा ६ अंक बनाउँदै सेमिफाइनल यात्रा लगभग पक्का गर्‍यो। दोस्रो स्थानमा रहेको अफगानिस्तानको यो प्रतियोगितामा पहिलो हार हो।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा पाकिस्तानले ६ बल बाँकी हुँदा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले मोहमद्ध नावि र गुलाबदिन नइबको सातौं विकेटको पार्टनरसिप महत्वपुर्ण रह्यो। उनीहरुले ७१ रनको साझेदारी गरेका थिए। कप्तान नाबि र नाइबले समान ३५-३५ रन बनाएका थिए। त्यसअघि नाजिबुल्लाह जाद्रानले २२ रन बनाउँदा करिम जनातले १५ तथा अस्गर अफगान तथा रहममनुलाह गुर्वाजले समान १०-१० रन जोडेका थिए।

पाकिस्तान अन्तिम दुई ओभर बाँकी हुँदा सम्म दबाबमा भए पनि १९ औ ओभरनै उसलाई पराजित गर्न पर्याप्त रह्यो। १९ औं ओभरमा आसिफ अलीले ४ छक्का प्रहार गर्दै टीमको जित निश्चित गरे। उनले ७ बलमा २५ रनको नटआउट इनिङ खेले। तयस्तै, पाकिस्तानका लागि कप्तान बाबर अजामले ५१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै फखर जमानले ३० रन बनाउँदा मोहमद हाफिजले १० रन बनाउँदा सोएब मलिकले १९ रन बनाए।

अफगानिस्तानका लागि रसिद खानले २ विकेट लिंदा मुजिबउर रहमान, मोहमद्ध नावि तथा नभिन उल हकले समान १-१ विकेट लिएका थिए। रासिद सर्वाधिक कम खेलमा १०० विकेट लिने खेलाडीसमेत बने। उनले ५३ खेलमा एक सय विकेट पूरा गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP