Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पत्रकार आचार्यको ‘रुइबा’ उपन्यास बजारमा

काठमाडौं : नेपाली साहित्य क्षेत्रमा पत्रकारले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन्।

लेखन पेशामै लागिरहेका पत्रकारहरु पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा गरिरहेका छन्।

यही मेसोमा चिनियाँ अन्तरराष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’ फिनिक्स बुक्सले ​बजारमा ल्याएको छ।

नेपाली परिवेश र चिनियाँ परिवेशलाई यो उपन्यासले सँगसँगै प्रस्तुत गरेको छ। धादिङ जिल्लाको तामाङ समाजबाट सुरु भएको उपन्यास विभिन्न घुम्ती पार गर्दै चीनमा पुगेको छ।

उपन्यासले तामाङ संस्कृति र चालचलनलाई निकै गहन प्रस्तुत गरेको छ।

तामाङ संस्कृतिलाई केन्द्रमा राखेर सिर्जना गरिएकाले उपन्यासको नाम ‘रुइबा’ राखिएको आचार्यले बताए। धेरै नेपालीलाई ‘रुइबा’ को अर्थ थाहा नभएकाले यो चिनियाँ शब्द हो कि भन्ठान्छन्। ‘रुइबा’ चिनियाँ नभएर तामाङ भाषाको शब्द हो।

तामाङ जातिको मृत्यु संस्कारमा पछ्याइने एउटा परम्परागत चलन हो-रुइबा। हिजोआज लोप हुँदै गएको यो चलनलाई उपन्यासमा उतारेको आचार्यले बताए।

उपन्यासले नेपाली ग्रामिण क्षेत्रको सामाजिक तथा आर्थिक पाटोलाई बोकेको र युवाहरु खाडी क्षेत्र तथा मलेसियामा पठाउने दलाली पेशाले गाउँलाई खोक्रो बनाएको विषय समेटेको उनले ‌औँल्याए।

​तामाङ मातृसत्ता प्रणाली अपनाउने जाति हो। तामाङ जातिमा छोरीलाई बिहे गरेर दिँदा माइती पक्षले बाउको थर र हाड दिँदैनन्।

बिहे गरेकी चेलीको मृत्यु भएपछि माइतिले अस्तुको रुपमा चेलीको हड्डी ल्याएर सेलाउने चलन छ। यही संस्कृतिलाई व्यक्त गर्ने शब्द हो-रुइबा।

तामाङ भाषामा हड्डीलाई रुइ भनिन्छ। अनि लाश जलाएपछि लिइने अस्तुलाई चाहिँ रुइस्याल अथवा रुइबा भनिन्छ। उपन्यासले बोकेको सार यही भएको आचार्य बताउँछन्।

काठमाडौँ वरिपरी निकै बाक्लो तामाङ जातिको बसोबास रहेको भए पनि तामाङ जातिलाई केन्द्रमा राखेर लेखिएका आख्यानका कृतिहरु निकै थोरै छन्।

आचार्यले बेइजिङमा बसेर लेखेको उपन्यासको पृष्ठभूमि चाहिँ धादिङ जिल्लाको उत्तरपश्चिम क्षेत्रका तामाङ जातिको चालचलनका बारेमा केन्द्रित छ।

आफूले उपन्यासको आधा भाग तामाङ संस्कृति र आधा भाग चिनियाँ संस्कृतिलाई विषय बनाएर लेखेको उल्लेख गर्दै आचार्यले भने, ‘तामाङ संस्कृतिलाई आख्यानमा उतार्नका लागि निकै अध्ययन गर्नुपर्ने रहेछ।  अध्ययन गर्दै उपन्यास लेख्दा ७ वर्ष लाग्यो।’

काठमाडौँ वरिपरीको भूभाग तामाङ बस्ती भए पनि सिन्धुपाल्चोक र धादिङका तामाङमा फरक संस्कृति अँगाल्ने थाहा पाएपछि उपन्यास लेखनमा आफूलाई अझ कठिन भएको उनी सुनाउँछन्।

‘काठमाडौँ पूर्वका तामाङ र काठमाडौँ पश्चिममा तामाङका सांस्कृतिक गतिबिधिमा धेरै फरक रहेछ,’ उपन्यास लेख्दाको अनुभवका आधारमा आचार्यले भने, ‘धादिङका तामाङको संस्कृति अध्ययन गर्नका लागि काभ्रेका तामाङलाई सोधेर नहुने रहेछ। आकाश जमिनको फरक पर्ने भएपछि मलाई निकै समस्या भयो।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP