Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

श्रीलंकाले दियो दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य

डडेल्धुरा :  यूएईमा जारी टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत श्रीलंकाले दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य दिएको छ।

शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो। उसका लागि पथुम निसान्काले शानदार ब्याटिङ गरे। उनले ५८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए। यो उनको टी-२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो।

यसअघि टी-२० आईमा उनको व्यक्तिगत उच्च स्कोर ६१ रन थियो। यस्तै, चरित असालान्काले २१ र कप्तान दासुन शनाकाले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जाेड्न सकेनन्।

बलिङमा तबरेज शम्सी र ड्वेन प्रिटोरियसले ३-३ तथा एनरिक नोर्कियाले २ विकेट लिए। समूह-१ मा रहेको श्रीलंका आज दोस्रो जित निकाल्ने लक्ष्यमा छ। उसले सुपर-१२ अन्तर्गत यसअघि खेलेका २ खेलमा एकमा जित र एक म्याचमा हार बेहोरेको छ।

श्रीलंका अंक तालिकाको चौथो स्थानमा छ। दक्षिण अफ्रिका पनि आज दोस्रो जितको खोजीमा छ। उसले पनि यसअघि खेलेका २ खेलमा एकमा जित र एक म्याचमा हारको सामना गरेको छ। दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा इंग्ल्याण्ड र दोस्रोमा अष्ट्रेलिया छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP