Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नामिबियाविरुद्ध अफगानिस्तानको ६२ रनको जित

डडेल्धुरा : अफगानिस्तानले युएईमा जारी आइसिसी टी–२० विश्वकपको सुपर–१२ मा दोस्रो जित हात पारेको छ। अफगानिस्तानले नामिबियालाई आइतबार ६२ रनले हराउँदै दोस्रो जित निकालेको हो।

१ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। उसका लागि डेभिड भिसेले २६, जान निकोल लोफ्टी–इटनले १४, गेर्हार्ड इरास्मसले १२, मिचेल वान लिंगेनले ११ रन जोड्दा रुबेन ट्रम्पलम्यानले अविजित १२ रन बनाए।

बलिङमा नविन–उल–हक र हमिद हसनले ३/३ गुलबदिन नइबले २ तथा राशिद खानले १ विकेट लिए। अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो।

उसका लागि कप्तान मोहम्मद नाबीले आक्रामक ब्याटिङ गरे। उनले १७ बलमा ५ चौका र १ छक्कासहित अविजित ३२ रनको योगदान दिए। यस्तै, मोहम्मद शहजादले ३३ बलमा ३ चौका र २ छक्कासहित ४५ रन रन बनाउँदा हजरतुल्ला जजाईंले ३३, र असगर अफगानले ३१ रन जोडे।

बलिङमा रुबेन ट्रम्पलम्यान र जन निकोल लोफ्टी–इटनले २/२ तथा जेजे स्मिटले १ विकेट लिए। जितपछि समूह–२ मा रहेको अफगानिस्तान ४ अंकका साथ दोस्रो स्थानमा यथावत् छ। अफगानिस्तानले ३ खेलमा २ जित र १ हार बेहोरेको छ।

नामिबिया २ खेलमा १ जित र १ हारपछि २ अंकसहित तेस्रो स्थानमा छ। यस समूहमा रहेका भारत, न्युजिल्यान्ड र स्कटल्यान्ड अंकविहीन छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP