Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी–२० विश्व कप क्रिकेट : न्युजिल्यान्डकाे सानदार जित, भारत ८ विकेटले पराजित

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

न्युजिल्यान्डका लागि डार्य्ल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए । यस्तै,  मार्टिन गुप्टीले २० रन जोडे । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाड्याले २३ रन,  केएल राहुलले १८  तथा रोहित शर्माले १४, रिसब पन्तले १२ रन र कप्तान विराट कोहली ९ रन बनाए । भारतलाई सस्तैमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए भने  इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १/१ विकेट लिए ।

जितसँगै समूह २ को न्युजिल्यान्डले २ खेलमा २ अङ्क जोडेको छ । जितसँगे दुई अङ्क जोडेको न्युजिल्यान्ड समूहको तेस्रो स्थानमा रहेको छ । अहिलेसम्म दुई खेलमा दुवैमा हार बेहोरेको भारतले भने कुनै पनि अङ्क जोड्न सकेको छैन। भारत पाँचौँ स्थानमा छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP