Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड आईसीसी टी–२० काे सेमिफाइनलमा

काठमाण्डाै – इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ ।

चार खेल खेलको इंग्ल्याण्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । सारजहामा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो । श्रीलंकाका वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २/२ विकेट लिए । त्यस्तै लियाम लिभिङस्टोन र क्रिस वोक्सले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । इंग्ल्याण्डका जोस बट्लरले अविजित १ सय १ रनको शतकीय पारी खेले । बट्लर अहिले चलिरहेको विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए । समूह एकमा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ४ खेलमा ८ अंक जोडेको छ । चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलमा २ अंक छ ।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP