Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बायो-बबलको निमय तोडेपछि अम्पायर निलम्बन

एजेन्सी । युएईमा जारी टी-२० विश्वकपमा इंग्ल्यान्डका अम्पायर माइकल गाँले बायो-बबलकोनियम तोडेका छन्। जसका लागि आइसिसीले उनीमाथि तत्काल ६ दिनको प्रतिबन्ध लगाउँदै आइसोलेसनमा पठाएको छ।

६ दिनपछि उनको कोरोना टेस्ट हुनेछ। परीक्षणमा रिपोर्ट नेगेटिभ आए उनी पुनः एकपटक अम्पायरिङमा फर्कने छन्।

माइकलले कसैलाई जानकारी नगराइ केही बाहिरका ब्यक्तिसँग भेट गरेको बताइएको छ। ‘द मिरर’ले आइसिसीका प्रवक्तालाई उदृत गर्दै उनीमाथिको प्रतिबन्ध लगाइएको जनाएको छ। उनीमाथि सल्लाहकार समितिले कोरोना प्रोटोकल उल्लंघन गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो।

उनले केही दिनअघि भएको भारत र न्युजिल्यान्डबिचको खेलको अम्पायरिङ गर्ने कार्यतालिका रहेको थियो। तर‚ उनी आइसोलेसनमा गएपछि उनको स्थानमा मराइस एरास्मसले अम्पायरिङ गरेका थिए। अहिले पनि माइकल होटलमानै रहेका छन् र उनको हरेक दोस्रो दिन कोरोना टेस्ट गरिंदै आएको छ। उनको ६ दिनका दिन फाइनल टेस्ट गरिने छ।

टी-२० विश्वकप यो वर्ष भारतमानै हुने तय भएको थियो। यद्यपि‚ कोरोना महामारीका कारण युएईमा सारिएको हो। प्रतियोगिताको आयोजक भने भारत नै हो। युएईमा कडा कोरोना प्रोटकलबीच खेल भइरहेको छ। सबै देशका खेलाडी, अफिसियल तथा खेल पधाधिकारीहरु बायो-बबल्समा रहेका छन्।

युएईमा जारी टी-२० विश्वकपमा इंग्ल्यान्डका अम्पायर माइकल गाँले बायो-बबलकोनियम तोडेका छन्। जसका लागि आइसिसीले उनीमाथि तत्काल ६ दिनको प्रतिबन्ध लगाउँदै आइसोलेसनमा पठाएको छ।

६ दिनपछि उनको कोरोना टेस्ट हुनेछ। परीक्षणमा रिपोर्ट नेगेटिभ आए उनी पुनः एकपटक अम्पायरिङमा फर्कने छन्।

माइकलले कसैलाई जानकारी नगराइ केही बाहिरका ब्यक्तिसँग भेट गरेको बताइएको छ। ‘द मिरर’ले आइसिसीका प्रवक्तालाई उदृत गर्दै उनीमाथिको प्रतिबन्ध लगाइएको जनाएको छ। उनीमाथि सल्लाहकार समितिले कोरोना प्रोटोकल उल्लंघन गरेको भन्दै कारवाहीको सिफारिस गरेको थियो।

उनले केही दिनअघि भएको भारत र न्युजिल्यान्डबिचको खेलको अम्पायरिङ गर्ने कार्यतालिका रहेको थियो। तर‚ उनी आइसोलेसनमा गएपछि उनको स्थानमा मराइस एरास्मसले अम्पायरिङ गरेका थिए। अहिले पनि माइकल होटलमानै रहेका छन् र उनको हरेक दोस्रो दिन कोरोना टेस्ट गरिंदै आएको छ। उनको ६ दिनका दिन फाइनल टेस्ट गरिने छ।

टी-२० विश्वकप यो वर्ष भारतमानै हुने तय भएको थियो। यद्यपि‚ कोरोना महामारीका कारण युएईमा सारिएको हो। प्रतियोगिताको आयोजक भने भारत नै हो। युएईमा कडा कोरोना प्रोटकलबीच खेल भइरहेको छ। सबै देशका खेलाडी, अफिसियल तथा खेल पधाधिकारीहरु बायो-बबल्समा रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP