बैतडी : खर काट्न गएका बेला भीरबाट लडेर बैतडीमा आज (सोमबार) एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका-४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवरको लडेर मृत्यु भएको हो।
आज दिउँसो १ बजेतिर घरनजिकै रहेको गोठाखोला भीरमा खर काटिरहेका बेला लडेर तुलसीको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए।
मृतक कुँवरका पति, दुई छोरा र एक छोरी छन्। पति रोजगारीका सिलसिलामा भारत छन्। तुलसी नेकपा माओवादी केन्द्र सुर्नया-४ वडा कमिटी सदस्यसमेत रहेकी थिइन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया