Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

कञ्चनपुर : कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गर्भपतन गराउनेमा २० देखि ३५ वर्षसम्मका महिला बढी रहेका छन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई हजार १९९ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जसमध्ये २० वर्ष मुनिका ९० जना र २० वर्षमाथिका दुई हजार १०९ जना रहेका छन्। आर्थिक वर्ष २०७५/७६ मा दुई हजार १३ र आर्थिक वर्ष २०७६/७७ मा दुई हजार १७६ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन्।

प्रजनन स्वास्थ्यको सुरक्षार्थ महिलाहरूलाई सुरक्षित रुपमा गर्भपतन गराउन कानुनी मान्यता दिइएपछि सहज भएको छ। तर गर्भपतनलाई परिवार नियोजनको बैकल्पिक उपायका रुपमा लिँदा भने स्वास्थ्यमा नराम्रो असर पर्ने स्वास्थ्य कार्यालयका प्रजनन सम्पर्क व्यक्ति कपिलदेव जोशीले बताए।

 ‘गर्भपतनलाई परिवार नियोजनाको बैकल्पिक उपायका रुपमा लिँदा बारम्बार गरिने गर्भपतनले महिलाको स्वास्थ्यमा नराम्रो असर पर्ने हुन्छ‚’ जोशीले भने, ‘यसलाई परिवार नियोजनको उपायका रुपमा लिइनु हुँदैन। बारम्बार गरिने गर्भपतनले महिलाको पाठेघरमा क्यान्सर लगायतको समस्या हुन सक्छ।’

सन् २००२ मा नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको हो। जस अनुसार महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP