Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

वैदेशिक रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना दुई वर्षदेखि अलपत्र

काठमाडौं : कोरोनामा महामारीका कारण वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वरोजगार बनाउन अघि सारिएको ‘पुनः एकीकरण योजना’ दुई वर्षसम्म पनि लागू भएको छैन।

कोरोना महामारीको पहिलो लहरमा समस्यामा परी स्वदेश फर्किएका युवालाई लक्षित गरी सरकारले उक्त योजना अघि सारेको थियो। तर‚ दोस्रो लहर नियन्त्रणमा आइसक्दा पनि योजना कार्यान्वयनमा आउन सकेको छैन। 

वैदेशिक रोजगारीमा समस्या भोगेका र रोजगारी गुमाएकालाई सरकारले स्वरोजगारका लागि कुनै ठोस योजना ल्याउनुपर्ने आवाज उठेसँगै वैदेशिक रोजगार बोर्डले पुनः एकीकरण योजना निर्माण गरेको थियो। बोर्डले  कार्यविधि बनाएर श्रम‚ रोजगार  तथा सामाजिक सुरक्षा मन्त्रालयले करिब दुई वर्षअघि पेश गरेको थियो। बोर्डले तयार पारेको उक्त कार्यविधि पर्याप्त नभएको भन्दै  मन्त्रालयले विस्तृत योजना  बनाउने  बताएको थियो। तर
‚ अहिलेसम्म उक्त काम भएको छैन।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले आफूहरु सरकारको कार्यविधि निर्देशिकाको प्रतिक्षामा रहेको बताउँछन्। उनले भने‚ ‘बोर्ड एक्लैले गर्नसक्ने काम होइन। जसका लागि  सरकारको कार्यविधि निर्देशिकाको प्रतिक्षामा रहेका छौं।’

सरकारले कार्यविधि निर्माणमा लागि ढिलाइ गर्दा पुनः एकीकरण योजना कुरेका  युवाहरू फेरि विदेशिने अवस्था आएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

यता मन्त्रालयका प्रवक्ता डण्डुराज धिमिरे विदेशमा रोजगारी गुमाएका समस्यामा परेकालाई पुनः एकीकरण योजनाका विषयमा  व्यापक  छलफल भइरहेको बताउँछन्।

सरकारी अधिकारीहरूले त्यसो भने पनि वैदेशिक रोजगारीबाट फर्किएकाहरू भने पुनः विदेश जानुको बिकल्प नभएको बताउन थालेका छन्। एक वर्षअघि कोरोनाका कारण रोजगारी गुमेका कारण कतारबाट फर्केका नुवाकोटका दिनेश पौडेलले सरकारको योजना योजनामा मात्र सीमित हुने देखेर फेरि विदेश जान लागेको बताए।

‘खर्च गरेर विदेश गइयो। कोरोनाका कारण  रोजगारी गुम्यो‚’ केही दिनअगाडि श्रम कार्यालयमा भेटिएका पौडेलले भने, ‘सरकारले  पुनः एकीकरण कार्यक्रम ल्याउँला भन्ने आश थियो। त्यो पनि पूरा भएन। अब विदेशिनुको विकल्प छैन।’ 

करिब डेढ लाखले गुमाए रोजगारी  

कोरोना महामारीका कारण वैदेशिक रोजगारीका लागि गएका १ लाख ४५ हजारले रोजगारी गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

बोर्डको तथ्यांकअनुसार पहिलो चरणमा रोजगारी गुमाएर १ लाख ३६ हजार स्वदेश फर्केका थिए। त्यसपछि नौ हजार नेपाली स्वदेश फर्केको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP