Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

मानार्थ महारथीको सम्मान ग्रहण गर्न सेनापति शर्मा भारत प्रस्थान

काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ। 

उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो । सेनापति शर्मा भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत जानुभएको हो ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई भोलि बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विक्रम संवत् २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नुहुने छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP