Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ऐन नियममा छिद्रा खोजेर आफूखुशी काम नगर्न बैंकहरूलाई गभर्नरकाे निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफूखुशी काम नगर्न बैंकहरूलाई सचेत गराएका छन्।

मंगलवार काठमाडौंमा नेपाल बैंकर्स संघको अधिवेशनमा गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफूखुशी काम नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन्।

उनले बैंकहरूले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। उनले बैंकहरूले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरूलाई सजग गराए।

बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्नसमेत आग्रह गरे। बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गर्भनर अधिकारीले बैंकहरू प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा भएपनि अस्वस्थ प्रतिस्पर्धा भएको बताए। 

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

यस्तै नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन भएका छन। संघको ३५ औं वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई उपाध्यक्षमा चयन गरेको हो।

संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएका छन्।

सदस्यहरूमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली, नेपाल एसबीआई बैंकका कार्यकारी अधिकृत दीपककुमार देव, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा चयन भएका छन्।

यस्तै संघको सल्लाहकारहरूमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना चयन भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP