Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

खोप प्रमाणीकरणको जिम्मा अब पालिकालाई

काठमाण्डाै – क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै हुने भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा केन्द्रबाट हुँदा समस्या भएपछि यसको जिम्मेवारी पालिकाहरुलाई दिइएको हो । गएको कात्तिक १७ गतेदेखि पालिकाहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन ।

विदेश जानको लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ । तर सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घण्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ ।

सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भयो भने आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखा अन्तर्गतको खोप प्रमाणीकरणका फोकल पर्सन तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाका अनुसार हरेक नागरिकले सहज रुपमा खोप प्रमाणीकरणको प्रमाणपत्र पाउन भनेर पालिकाको स्वास्थ्य शाखालाई जिम्मेवारी दिइएको छ ।

विदेश जानेहरुलाई क्यूआर कोडसहितको खोप प्रमाण पत्र र पीसीआरको रिपोर्ट अनिवार्य गरिएको छ । अनलाइनमा फारम भर्दा पासपोर्टको स्क्यान कपी, पासपोर्ट साइजको फोटो, खोप कार्डको फोटो र कबुलियत नामा अनिवार्य पेस गर्नुपर्छ ।

फारम भरिसकेपछि २४ घण्टाभित्रमा आवेदन प्रक्रियामा जाने झाले जानकारी दिनु भयो । अनलाइनबाटै खोप प्रमाणीकरणको प्रमाण पत्र लिन सकिने र यसको लागि कहीँ जान नपर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

(खाेप प्रमाणीकरणसँग सम्बन्धित कुराकानी काेराेना क्याप्सुलमा सुन्नुहाेस्। )

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP