Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

धनकुटा : धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। पाख्रिबास बजारबाट सुनबालुवातर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर पाख्रिबास नगरपालिका–८ लुम्पुवामा शनिबार दिँउसो दुर्घटना भएको हो।

पाख्रिबास मुगा सडकखण्डमा पर्ने लुम्पुवामा भएको दुर्घटनामा ट्याक्टर सहचालक पाख्रिबास नगरपालिका–७ का २४ वर्षीय टेकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान रहेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए।

ट्याक्टरको सहचालकको मृत्यु भएको भनिएपछि पनि चालक नदेखिएकाले कसले ट्याक्टर चलाएको थियो भनेर अनुसन्धान हुने प्रहरीले जनाएको छ। घटनास्थलमा सुरक्षा प्रहरीको टोली पुगे पनि अनुसन्धान प्रहरीको टोली जाँदै गरेको एसपी पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP