Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सुमन कुलङले जिते

हेटौंडा : चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन्। 

शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित दुरि एक घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै उनले उपाधि चुमेका हुन्। उपाधिसँगै राईले नगद ५० हजार जितेका छन्।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइँको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा दोस्रो र तेश्रो स्थानमा सेनाका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई  घण्टा २९ सेकेण्ड र दुई  घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन्।

चौथो र पाचौं स्थान अर्जुन कुलुङ र तीर्थ तामाङ भएका छन्। महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भइन्। उनले दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरिन्।

तामाङले नगद ५० हजार प्राप्त गरिन्। सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दूरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै दोश्रो स्थान प्राप्त पाइन्। तेस्रो, चौंथो र पाचौँ स्थान क्रमश : प्युठानका संगिता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले हात पारिन्।

त्यस्तै सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन्।

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए। जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि सुरु हुने २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइँको पाँचपोखरीबाट सुरु भएको हो।

पर्यटन प्रवर्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP