Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एम्बाप्पेको ह्याट्रिकमा फ्रान्स विश्वकपमा छनोट

काठमाडौं : आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलमा साविक च्याम्पियन फ्रान्सले स्थान बनाएको छ।

शनिबार भएको खेलमा फ्रान्सले काजकस्तानमाथि ८-० को फराकिलो जित निकाल्ने क्रममा फ्रान्सका युवा स्टार केलियन एमबाप्पे ह्याट्रिकसहित चार गोल गरे। त्यस्तै करिम बेन्जेमाको दुई गोल गर्दा एड्रिएन राविओट र एन्टोइन ग्रिजमनको नाममा पनि १-१ गोल रह्यो।

घरेलु मैदानमा फ्रान्सले काजकस्तानमाथि गोल वर्षा गरेपछि एक खेल  बाँकी छँदै विश्वकपमा स्थान पक्का गर्‍यो। विश्व विजेता फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली हो। यसअघि जर्मनी,  डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेको छन्। आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ।

काजकस्तानमानि रवाफिलो जित निकाल्ने क्रममा एमबाप्पेले पहिलो हाफको ३२ औं मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए। छैठौं मिनेटमा पहिलो गोल गरेका उनले १२ र ३२ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पुरा गरे। पहिलो हाफमा तीन गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप ५ गोल गर्‍यो।

समूहको अर्को खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३–१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ। १० खेलाडीमा समेटिएको फिनल्यान्डको जितमा मार्कुस फोर्स, रोविन लोड र ड्यानियलले गोल गरे।

बोस्नियाका लुका मिनालोको गोल सान्त्वना बन्यो। जितपछि फिनल्यान्ड ७ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। बोस्निया ७ अंक जोडेर चौथो स्थानमा रहँदा युक्रेनको ९ अंक छ।

छनोटको अन्तिम खेलमा फिनल्यान्डले फ्रान्ससँग खेल्दैछ। युक्रेनले बोस्नियासँग खेल्दैछ। यो खेलबाट प्ले अफ पुग्ने टोलीको पनि टुंगो लाग्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP