Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अष्ट्रेलिया टी–२० विश्वकपको च्याम्पियन

काठमाडौं : अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। दुबईमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।

यस जितसँगै अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ। यसअघि अष्ट्रेलिया सन् २०१० को टी–२० विश्वकपको फाइनलमा पुगेको थियो। तर, फाइनलमा इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको थियो।​न्यूजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।

उसका लागि डेभिड वार्नर र मिचेल मार्शले अर्धशतक पारी खेले। वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदा मार्शल ५० बलमा ६ चौका र ४ छक्काको मद्दतमा नटआउट ७७ रनको योगदान दिए।

यस्तै, कप्तान आरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले अविजित २८ रन जोडे।  बलिङमा ट्रेन्ट बोल्टले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। उसका लागि कप्तान केन विलियम्सन उत्कृष्ट ब्याटिङ गरे। उनले ४८ बलमा १० चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए।

उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। यो टी–२० विश्वकप फाइनलकै सर्वाधिक छिटो अर्धशतक हो। यसअघि सन् २०१४ मा कुमार संगाकारा र सन् २०१६ मा जो रुटले फाइनलमा समान ३३–३३ बलमा अर्धशतक बनाएका थिए।

यस्तै, न्यूजिल्याण्डका मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, डारिल मिचेलले ११ रन बनाउँदा जिमी नीशम १३ र टिम सेफर्ट ८ रनमा नटआउट रहे।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले शानदार बलिङ गरे। उनले ४ ओभरमा मात्र १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले मिचेल, विलियम्सन र फिलिप्सको विकेट लिएका हुन्।

यस्तै, एडम जाम्पाले १ विकेट लिँदा मिचेल स्टार्कले निकै महँगा साबित भए। उनले ४ ओभरमा बिनाविकेट ६० रन खर्चिए।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

पहिलोपटक टी–२० विश्वकपको फाइनलमा पुगेको न्यूजिल्याण्ड उपविजेतामै सीमित बनेको छ। विजेता टिम अष्ट्रेलियाले १।६ मिलियन अर्थात् १६ लाख अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेता न्यूजिल्याण्डले ८ लाख अमेरिकी डलर प्राप्त गरेको छ। यसैगरी सेमिफाइनल पुग्ने दुई टोली पाकिस्तान र इंग्ल्याण्डले समान ४–४ लाख अमेरिकी डलर पाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP