Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

हत्या गरी शौचालयको सेप्टी टंयाकीभित्र शव लुकाउने पाँच जना पक्राउ

झापा : गौरादह नगरपालिका–का ४६ वर्षीय मबेसिर हुसेन मियाँलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियाेगमा पाँच जना पक्राउ परेका छन्।

पक्राउ परेका तीन महिला र दुई पुरुषलाई इलाका प्रहरी कार्यालय दमकले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा गौरादह–५ का ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँका २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

उनीहरूले व्यक्तिगत रिसिबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार मबेसिर हुसेन मियाँ कात्तिक ११ गते बिहान ११ बजेदेखि हराएका थिए। श्रीमान् बेपत्ता भएपछि उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन्।

प्रहरीमा निवेदन परेपछि प्रहरीले खेजी  गरेको थियो। प्रहरी टोलीले कात्तिक २६ गते दिउँसो साढे २ बजे गौरादह-५ स्थित महमद सद्दामको घर खानतलासी लिएका थिए।

सद्दामको घरको दक्षिणतर्फको कोठाभित्र गेरु रङ्गले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरूमा रगतजस्तो रातो पदार्थको छिटाहरू फेला पारेको थियो।

त्यस कोठादेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेप्टी ट्याङ्कीमाथिको गोबरको गुइँठाको चाङ हटाई सेप्टी ट्याङ्कीभित्र खोजी गर्दा मियाँको शव फेला परेको एसपी भट्टराईले बताए।

‘उनलाई धारिलो हतियार प्रहारबाट हत्या गरी कम्बलमा पोको पारी सेप्टी ट्याङ्कीभित्र फालिएको थियो,’ एसपी भट्टराईले भने, ‘दुर्गन्धित अवस्थामा फेला परेको शवलाई लाशजाँच मुचुल्का समेतको अनुसन्धान गरी पोस्टमार्टमको लागि शवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएका थियौं।’

प्रहरीले घटनामा प्रयोग भएका घरेलु हतियार दाउ, छुरी र मार्तोललगायत प्रमाणयोग्य वस्तुहरू बरामद गरेको छ। घटनामा संलग्न पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको उनले बताए।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP