Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इटालीलाई पछि पार्दै स्विटजरल्यान्ड विश्वकपमा छनोट


एजेन्सी

युरो च्याम्पियन इटाली विश्वकप २०२२ मा सोझै छनोट हुन असफल भएको छ। जारी युरोपियन छनोटमा इटाली रहेको समूह ‘सी’बाट स्विटजरल्यान्ड छनोट भएको छ। जित्नै पर्ने खेलमा इटाली नर्दन आयरल्यान्डसँग बराबरीमा रोकिँदा स्विटजल्यान्डले भने बुल्गेरियालाई पराजित गर्दै छनोटमा स्थान बनाएको हो।

विश्वकपमा सोझै छनोट हुन जित निकाल्नु पर्ने दबाबमा रहेको इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो। अधिकांश समय खेल नियन्त्रणका बाबजुत इटाली गोल गर्न भने असफल रह्यो।

स्विटजल्यान्डले भने बुल्गेरियालाई ४-० ले पराजित गर्दै इटालीलाई पछि पार्दै छनोट हुन सफल भएको छ। अब इटालीले विश्वकपमा स्थान बनाउन मार्चमा हुने प्ले अफ खेल्नुपर्ने छ।

बराबरीमा रोकिएको इटालीले ८ खेलबाट १६ अंक जोड्यो। शीर्ष स्थानको स्वीट्जरल्यान्डले १८ अंक जोडेको छ। नर्दन आयरल्यान्ड ९ अंक जोडेर तेस्रो स्थानमा रहँदा बुल्गेरिया आठ अंक जोडेर चौथो स्थानमा रह्यो। लिथुआनिया ३ अंक जोडेर पुछारमा रह्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP