Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाखको उपचार

झापा : प्रदेश १ कै अग्रणी सामुदायिक अस्पतालका रूपमा रहेको मेची आँखा अस्पतालले २५ वर्षको अवधिमा ओपिडीमार्फत ३० लाख ३७  हजारभन्दा बढीको उपचार गरेको छ।

स्थापनाको २५औँ वर्षगाँठका अवसरमा मंगलबार बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले तीन लाख ४३ हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेको जनाएको छ। २०० शय्याको अस्पतालमा अहिले १४ चिकित्सकसहित २१५ कर्मचारी कार्यरत छन्।

अस्पतालको सेवा उत्कृष्ट भएकै कारण छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल, आसाम, मणिपुर, विहारलगायत राज्यबाट दैनिक सयौँको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको डा पुरुषोत्तम जोशीले जानकारी दिए।

२०५३ सालमा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र अग्रणी अस्पतालका रूपमा स्थापित हुन पुगेको छ। करिब १२ वर्ष साविक चारपाने–१ मा घर भाडामा लिएर अस्पताल सञ्चालन गरिएको उक्त अस्पताल २०५७ सालमा आफ्नै भवनमा सरेको हो।

झापामा आँखाका रोगीको बढ्दो संख्या र अस्पतालमा उपचार गराउन पूर्वी नेपालसहित ठूलो संख्यामा भारतीय बिरामीसमेत आउन थालेपछि आई केयर फाउण्डेशन नेदरल्याण्डले मेची आँखा अस्पताललाई सहयोग गरेको थियो।

२०५७ सालमा फाउण्डेशनले बिर्तामोड–३ सैनिकमोडमा तीन बिघा १७ कठ्ठा ६ धुर जमिन खरिद गरी सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको हो। भवनसँगै अत्याधुनिक प्रविधिका उपकरणसमेत सहयोग तथा खरिद गरी जडान गरेर मेची आँखा अस्पतालले आँखाका बिरामीको उपचार गर्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP