Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : कतार विश्वकप २०२२ को युरोप छनोट अन्तर्गत समुह ‘जि’ मा नर्वेमाथि २-० को जित निकाल्दै नेदरल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरेको छ।

२०१८ को विश्वकपमा छनोट हुन असफल रहेको डच टिमले यो पटक भने समूहमा १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा रहेर छनोटमा स्थान पक्का गर्‍यो।

मंगलबार भएको खेलमा नेदरल्यान्डको जितमा स्टेभिन बर्जविन र मेम्फिर डिपेले समान एक गोल गरे। यसअघि टर्कीले मोन्टेनेग्रोमाथि २-१ को जित हात पारेपछि नेदरल्यान्डमाथि जित निकाल्नै पर्ने दबाब थियो।

यद्यपि अधिकांशका समय गोलरहित बराबरीमा रहेको खेलमा ८४औं मिनेटमा बर्जविनले  नेदरल्यान्डस्का लागि गोल खडेरी टार्दै टीमलाई अग्रता बनाएका थिए। इन्जुरी समयमा डिपेले नेदरल्यान्डस्को अग्रता दोब्बर पारेपछि टर्कीलाई पछि पार्दै नेदरल्यान्ड छनोट हुन सफल रह्यो।

१० खेलबाटै २१ अंक जोडेको टर्की दोस्रो स्थानमा रह्यो। टर्कीले कतार विश्वकपमा स्थान बनाउन अब प्लेअफ पार गर्नु पर्नेछ। यता नर्वे भने सन् १९९८ पछि विश्वकपमा छनोट हुन सकेको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP