Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ब्राजिल र अर्जेन्टिनाले खेले गोलरहित बराबरी

काठमाडौं : कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

अपराजित रहँदै विश्वकपमा छनोट भइसकेको ब्राजिलले छनोट प्रतिक्षामा रहेको अर्जेन्टिनालाई गोलको कुनै अवसर दिएन्। बराबरीपछि दक्षिण अमेरिकी छनोटको १३ खेलको समाप्तिमा दुबै टीम अपराजित छन्। 

नेयमारबिना मैदानमा उत्रिएको ब्राजिलले कप्तान लिओनेल मेसी सहितको अर्जेन्टिनालाई गोलको अवसर दिएन। बल पोसेसनमा नियन्त्रणका बाबजुत अर्जेन्टिनाले ब्राजिलको डिफेन्स लाइनअप चिर्न सकेन। दोस्रो हाफको ६१ औ मिनेटमा ब्राजिलका मिडफिल्डर फ्रेडले गरेको प्रहार क्रशबारमा लाग्दा ब्राजिल संभावित अग्रताबाट चुकेको थियो।

अर्जेन्टिनाले पनि केहि सिमित अवसरमा गोल गर्न सकेन। बराबरीसँगै अर्जेन्टिनालाई विश्वकपको छनोट पक्का गर्न अब एक अंक आवश्यक छ। अब अर्जेन्टिनाले जनवरीमा हुने छनोटको खेलको प्रतिक्षा गर्नु पर्ने छ।

ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दा अर्जेन्टिनाको १३ खेलमा २९ अंक छ। इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंकसहित चौथो स्थानमा छ। पेरु पनि १७ अंक जोड्दै पाँचौ स्थानमा छ। चिली र उरुग्वे १६(१६ अंक जोड्दै छनोट हुने स्थानबाहिर छैटौं र सातौँमा छन्। दक्षिण अमेरिकी छनोटमा शिर्ष चार टिमले सोझै छनोटको अवसर प्राप्त गर्ने छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP