Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

बहुला कुकुरको टोकाइबाट दुई दिनमा १८ जना घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा बहुला कुकुरले टोकेर दुई दिनमा १८ जना घाइते भएका छन्। बुधवार र बिहीवार वडा नम्बर ४ का १२ जना र वडा नम्बर ११ का ६ जनालाई बहुला कुकुरले टोकेको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ।

बहुला कुकुरले २१ वटा पशुचौपायालाई समेत टोकेको छ। स्थानीयबासीका अनुसार तीन बंगुर, दुई बाख्रा, एक पाडी, सात कुकुर र सातवटा गोरूलाई बहुला कुकुरले टोकेको छ।

वडा अध्यक्ष ज्ञानबहादुर विष्टले बहुला कुकुरले सर्वसाधारण र चौपायालाई टोक्न थालेपछि नगरपालिकाको पशु शाखालाई नियन्त्रणका लागि जानकारी गराइएको बताए। वडा क्षेत्रमा छाडा कुकुर धेरै रहेको वडाध्यक्ष विष्टले बताए। बहुला कुकुर नियन्त्रण गर्नका लागि पशु शाखबाट टोली परिचालन गरिने नगर प्रमुख दिलबहादुर ऐरले बताए।

बहुला कुकुरले बाटोमा हिँडिरहेका र घरमै बाँधिएका पशुचौपायालाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP