Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

स्यानिटरी प्याडमा स्थानीय तहको बजेट कटौती, गुणस्तरहीन प्याड लगाउन विद्यार्थी बाध्य

काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको महिनावारी व्यवस्थापन गरी स्वास्थ्यमा सुधार गर्ने र सोही कारण विद्यालय छाड्ने समस्या समाधान गर्न स्यानिटरी प्याड खरिदका लागि वर्षेनि बजेट विनियोजन गर्ने गरेको छ।

चालु आव ०७८/७९ मा यसका लागि अर्थ मन्त्रालयले कक्षा १२ सम्मको निःशुल्क पाठ्यपुस्तक र प्याड वितरण गर्न ४ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा बजेट शाखाका अनुसार यसका लागि सबै स्थानीय तहलाई १ अर्ब ४३ करोड २६ लाख ४८ हजार पठाइसकेको छ।

तर स्थानीय तहले ती प्याडमा छुट्याइएको बजेट कटौती गरेर न्यून शुल्कमा गुणस्तरहीन प्याड खरिद गरी विद्यालयलाई वितरण गर्ने गरेका छन्। 

काठमाडौं महानगरपालिकास्थित नीलवाराही माविकी प्रधानाध्यापक डा. जानुका नेपालले महानगरपालिकाले दिएको प्याड गुणस्तरहीन हुने गरेकाे बताइन्।

उनले भनिन्, ‘महानगरपालिकाले कहिले आफैं प्याड खरिद गरेर दिन्छ, कहिले वर्षको एक लाख, कहिले डेढ लाख दिन्छ, त्यतिले पुर्‍याउनुपर्छ।’

उनले प्याड फेर्ने ठाउँको अभावले पनि छात्रालाई समस्या भएको बताइन्। ‘छात्राहरू शौचालयमा गएर प्याड फेर्नुपर्छ’, उनले भनिन्, ‘महानगरपालिकाले यसका लागि छुट्टै कोठा बनाएको भए सहज हुने थियो, नर्सको पनि व्यवस्था छैन।’

गोकर्णेश्वर नगरपालिकास्थित गोकर्ण माविकी प्रधानाध्यापक सुस्मिता कार्कीले पनि नगरपालिकाले प्याड खरिदका लागि बजेट कटौती गरेर थोरै रकम दिने गरेको बताइन्।

उनले भनिन्, ‘अघिल्लो वर्ष नगरपालिकाले प्याड खरिदका लागि १ लाख बजेट दिएको थियो। यो वर्ष कटौती गरेर ३० हजार रूपैयाँ मात्रै दियो, यति खर्चले प्याड किन्न पुग्दैन।’

उनका अनुसार गुणस्तरीय प्याडका लागि प्रतिप्याकेट ७५ रूपैयाँसम्म पर्छ। यति बजेटले पुग्दैन भनी नगरपालिकामा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताइन्।

‘स्थानीय तहले हामीलाई बजेट दिए गुणस्तरीय प्याड दिन्थ्यौँ’

काठमाडौं उपत्यकामा मात्र नभई बाहिर जिल्लामा पनि यस्तो समस्या देखिएको छ। पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा–४ मा रहेको नारायण माविका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले पनि नगरपालिकाले गुणस्तरहीन प्याड दिने गरेको बताउँछन्।

उनले भने,‘यहाँ नगरपालिकाको मनलाग्दी छ, प्याड पातलो हुन्छ भनी विद्यार्थी गुनासो गर्छन् तर त्यस्तै खालको मात्रै वितरण गर्छ, शिक्षा सामग्री खरिदको बजेट पनि कटौती गरिदिन्छ।’

मन्त्रालयले विद्यालयमा भएका छात्राहरूको संख्याको आधारमा मात्र स्थानीय तहले प्याड खरिद गरी विद्यालयलाई वितरण गर्ने व्यवस्था गरेको छ। विद्यालयले नै प्याड किन्ने व्यवस्था भएमा छात्राहरूलाई सहज हुने प्रअ पोखरेल बताउँछन्।

‘नगरपालिकाले प्याड खरिदका लागि बजेट कटौती गर्दा नै गुणस्तरहीन प्याड दिने गरेको हो’, उनले भने, ‘बरु हामीलाई खरिदका लागि बजेट नै दिएको भए गुणस्तरीय प्याड दिने थियौँ तर हालसम्म बजेट दिएको छैन।’ 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर २८ हजार ८ सय ३३ सामुदायिक विद्यालय छन्।​​

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP