Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

हेलम्बूको सुर्सिङमा आगलागी हुँदा ३ बालकको मृत्यु

काठमाडौं : हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा ३ जना बालकको मृत्युु भएको छ। सोमबार साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो।

आगलागीबाट तामाङका ६ वर्षिय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षिय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षिय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्युु भएको हो।

गोठमा थुपारिराखेको मकैको ढोड र सुकेको नल सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले घरमा अभिभावक कोही नहुँदा लागेको आगो ननिभाउन नसकेकाले मानवीय क्षति हुन पुगेको बताए।

गोठमा रहेको लाइटर बालकहरूले खेलाउँदा आगलागी भएको अनुमान गरिएको उनले बताए। आगलागी हुँदा तामाङको गोठमा बालकहरू मात्र रहेको बताइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP